Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
चैत्र ११ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “लप्पन छप्पन” को नया गीत सार्वजनिक भएको छ । “लैजा माया पोको पारेर” बोलको गीतमा शब्द संगीत दीपक आर.जे को रहेको छ भने गीतमा निश्चल बस्नेतको स्वर समावेश रहेको छ । क्लव सोंगको हिसाबले तयार गरिएको गीतमा अहिलेको युवा पुस्ता अधिक झुम्ने देखिन्छ । चलचित्र यति बेला प्रचार प्रसार निकै तीव्र भईरहेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र युनिट प्रोमोसन निकै आक्रामक रुपमा लागिपरेका छन् ।
lappan-chappan
lappan-chappan
गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई , सौगात मल्ल , अर्पण थापा , वर्षा शिवाकोटी , नव नायक प्रकाश जंग शाह र सिड खरेल , देवु श्रेष्ठ , राजु लामा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा छायाँकार पुरुषोतम प्रधान , सम्पादक सुरेन्द्र पौडेल , साउण्ड डिजाइनर उत्तम न्यौपाने , ब्यागग्राउण्ड इम्माम बिक्रम शाह , कलरिस्ट राजेन्द्र मोक्तन रहेका छन् । चलचित्रमा चन्द्र पन्त को द्वन्द समावेश रहेको छ | चलचित्रको निर्माता डम्बर चन्द हुन् । यस्तै उनलाई सह निर्माता इन्द्र प्रसाद खरेल तथा कार्यकारी निर्माता सहदेव गौतमले साथ दिएका छन् । चलचित्रका निर्देशन मुकुन्द भट्टले गरेका छन् । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: