Wed. May 8th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र “पर्व” को छायांकन सकिएको छ । चैत्र २५ गते प्रदर्शन मिति तय गर्दै चलचित्रको छायांकन सुरु गरेको टिमले ४० दिनमा आफ्नो सम्पूर्ण छायांकन सकेको हो । यति बेला चलचित्रको पोस्ट प्रोडक्सनको काम निकै तीव्र गतिमा भईरहेको छ । चलचित्र निकै नै राम्रो तयार भएको र चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने कुरा चलचित्रका निर्देशक दिनेश राउतले बताएका छन् ।
parva
प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र तयार गर्न निर्माण टिम निकै जोडतोडले लागिपरेको छ । यता चलचित्रको “काले दाई” बोलको गीतले पनि निकै नै राम्रो चर्चा दर्शकहरुको माझमा कमाईरहेको छ । सुवास ईन्टरटेन्मेन्ट र टिभीफिल्मीको संयुक्त ब्यानरमा बनेको चलचित्रका निर्माता सुवास गिरी हुन् । चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता तथा गायक कोशिश क्षेत्री मुख्य भूमिकामा रहेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: