Wed. May 8th, 2024

मनोरंजनसंसार डटकम
केहि दिन अगाडी मात्र छायांकन सकिएको रचनाकार मोहन मगर ( मन ) को “हरियाली तिम्रो जीवन” बोलको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । उनको शब्द रचनामा तयार भएको गीतमा संगीत र स्वर भने सबिन लिम्बुले दिएका छन् । गीतको पुरा म्युजिक भिडियो पनि चाडै नै सार्वजनिक हुने कुरा उनले जानकारी दिएका छन् ।
mohan-magar
गीतले यति बेला युटुबमा दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । आफ्नो गीतले पाएको राम्रो कमेन्टले गर्दा आफुलाई पनि धेरै खुशी अनि हौसला मिलेको कुरा रचनाकार मोहन मगर ( मन ) ले बताएका छन् । अबको आफ्नो आगामी गीतहरु अझै राम्रो आउने क्रममा रहेको कुरा पनि उनले उल्लेख गरेका छन् ।
mohan-magar
दर्शक श्रोताहरुको टेस्टलाई मध्य नजर गरेर नै आफ्नो आगामी प्रस्तुति निर्माण आफुले गरेको कुरा उनले बताएका छन् । उनि यति बेला देश बाहिर रहेका छन् । तर बिदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतमा उनको सक्रियेता भने घटेको छैन । नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउने उनले सधैब आफुले सके सम्म धेरै मेहेनत गरेर नेपाली दर्शक श्रोताहरुलाई राम्रो राम्रो प्रस्तुति पेश गर्ने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: