Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र छायांकन सकिएको गायक सुसन साम्सोहाङ लिम्बुको “सरलाईमा सर” बोलको लिम्बु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको म्युजिक भिडियोलाई निर्देशक युगल पोमोले निर्देशन गरेका छन् । उक्त भिडियोमा मोडल सबिन तुम्बाहाम्फे र सानु नेम्वाङको सुन्दर अभिनय पनि हामी हेर्न सक्छौ ।
susan-samsohang-limbu
रचनाकार यासेली योङहाङको शब्द अनि अशोक लोहारुङ राईको संगीतमा सजिएको यस गीतमा गायक सुसन साम्सोहाङ लिम्बुले आफ्नो सुमधुर स्वर भरेका छन् । यस्तै उनलाई स्वरमा गायिका मन्जु साम्बाहाम्फेले साथ दिएकी छिन् ।
susan-samsohang-limbu
नेपाली गीत संगीत संग संगै आफ्नो लिम्बु समुदायको गीत संगीतमा पनि गायक सुसन साम्सोहाङ लिम्बुको सक्रियेता उत्तिकै रहेको छ । उनको नाम यति बेला पुराना अनि अनुभवी कलाकारको सुचिमा रहेको छ । उनले आफ्नो लामो समय नेपाली गीत संगीतमा व्यतित गरिसकेका छन् । पहिलेको र अहिलेको समय दुवैको ज्ञान राखेका उनले आफ्नो प्रस्तुतिहरु नियमित बाहिर सार्वजनिक गरिनै रहेका छन् । दर्शक श्रोताहरुले पनि उनको प्रस्तुतिहरुलाई धेरै हद आत्मसाथ गरिरहनु भएको छ ।
susan-samsohang-limbu
यस्तै उनले दर्शक श्रोताहरुले दिएको माया र सम्मान अनि साथ प्रति आभार प्रकट गर्दै सधैब यस्तै यस्तै नया र राम्रा प्रस्तुति लिएर सबै सामु आइनै रहने प्रतिबध्ता समेत जाहेर गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: