Tue. Apr 16th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी निर्माणको घोषणा भएको चलचित्र “ग्याङस्टार ब्लुज” यति बेला भने छायांकनको तयारीमा रहेको छ । चलचित्र युनिट छायांकनको लागि बाँके जिल्ला स्थित नेपालगंजमा पुगिसकेको छ । निर्माण पक्षेको अनुसार चलचित्रको छायांकन फाल्गुन ९ गते देखि हुनेछ । चलचित्रको धेरै अगाडिको समय देखि निकै चर्चा भईरहेको छ । चलचित्रले थप केहि कलाकारहरुको लागि काठमाडौँमा अडिसन समेत लिएको थियो । यस्तै चलचित्र निर्माण अगावै चलचित्रले ४५ लाखको एमजी समेत प्राप्त गरिसकेको छ ।
 gangster-blues
निर्माण पक्षेको अनुसार यस चलचित्रमा दर्शकहरुले नयापनको महसुस गर्नुहुनेछ । चलचित्रको लागि कलाकारहरुले पनि भरपुर तयारी गरिरहेको खबर पनि बाहिर आइनैरहेको छ । चलचित्रको छायांकन मिति नजिकिदै गर्दा धेरै कुरामा अहिले देखि नै सतर्कता समेत निर्माण पक्षेले अपनाई रहेको छ । चलचित्रको छायांकन नेपालगंज , खप्तड लगाएतका स्थानहरुमा हुनेछ । अहिले सम्मको नेपाली चलचित्र भन्दा धेरै नै फरक शैलीमा चलचित्रको निर्माण हुने कुरा निर्माण पक्षेले बताएको छ ।
 gangster-blues
यस्तै चलचित्रमा आशिरमान देशराज , आना शर्मा , संयम पुरी , रोजिशा शाही ठकुरी , अनुपम शर्मा , प्रमोद अग्रहरी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहने छ । चलचित्रको निर्देशन हेमराज बिसीले गर्नेछन् भने चलचित्रमा सैलेन्द्र डी कार्कीको छायांकन समावेश रहने छ । चलचित्रको निर्माता भने सरोज न्यौपाने हुन् । चलचित्रको निर्माण पक्षेमा कुनै पनि किसिमको कमि कमजोरीहरु नहुने कुरा निर्माता सरोज न्यौपानेले प्रष्ट पारेका छन् । यस्तै दर्शकहरुको लागि उत्कृष्ट चलचित्र बनाउने प्रयास आफुहरुबाट धेरै हद सम्म हुने र दर्शकहरुले आफ्नो चलचित्रलाई भरपुर माया अनि साथ दिनुहुने विश्वास समेत उनले राखेका छन् ।

Leave a Reply

%d bloggers like this: