Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
यति बेला चर्किएको वितरक गोबिन्द शाही र गोपाल कायस्थको विवाद अझै सम्म पनि साम्य भएको छैन | जतापनि अहिले उनीहरुको बारेमा नै चर्चा चलिरहेको छ | यस बिषयमा चलचित्र “किंग” का निर्माता जयन श्रेष्ठले पनि मुख खोलेका छन् | उनले मनोरंजनसंसार डटकम संगको कुराकानीमा केहि कुरा बताएका छन् |
उनले अगाडी देखिको सबै कुरा बिस्तारमा सुनाए | उनको अनुसार “किंग” निर्माणको घोषणाको लगतै चलचित्र “किंग” को वितरणको जिम्माको लागि गोपाल कायस्थ संग कुरा भएको थियो | उनले पनि केहि चासो देखाएर नै यस बिषयमा कुरा चलेको निर्माता जयन श्रेष्ठले बताए | यस्तै चलचित्र शुभ मुर्हत सम्म समेत कायस्थको उपस्थित रहेको थियो तर त्यस पश्च्यात उनि देखा परेनन् | त्यस पछि एक्कासी उनले चलचित्र “किंग” देखि आफ्नो हात झिके र “किंग” लाई यतिकै बेवारिसे अवस्थामा छाडे | त्यस पश्च्यात निर्माता जयन श्रेष्ठले वितरक गोबिन्द शाही सम्क्ष चलचित्र वितरणको प्रस्ताव अगाडी सारे र वितरक गोबिन्द शाहीले पनि उक्त प्रस्तावलाई स्वीकार गरे | त्यस पश्च्यात सम्झौता पत्र तयार भयो जसमा वितरक गोबिन्द शाहीले १२ प्रतिशतमा काम गर्ने कुराको प्रमाण समेत रहेको छ |
त्यस पछि चलचित्रको छायांकन कार्य सुरु भयो र चलचित्रले असोजमा प्रदर्शनको लागि मिति समेत तय गर्यो तर चलचित्र प्रदर्शन हुन भने सकेन त्यसमा केहि आन्तरिक करणको साथमा गोपाल कायस्थको समेत संलगनता रहेको आशंका रहयो | त्यस पश्च्यात चलचित्रको छायांकन सकिए लगतै चलचित्रले अर्को प्रदर्शन मिति तय गर्यो जुन बेलामा गोपाल कायस्थ फेरी “किंग” को लागि पछि परे | तसर्थ निर्माता जयन श्रेष्ठले चलचित्र पहिले नियमको हिसाबले गोबिन्द शाहीको वितरण अन्तर्गत रहेको र गोपाल कायस्थको आगमन त्यस पछि भएको स्पष्टिकरण समेत दिए | उनको यो सबै स्पष्ट कुराहरुले समेत दोषीको काँटा गोपाल कायस्थ तर्फ नै देखाऊछ | एकपटक छोडिसकेको चलचित्रलाई फेरी अरुबाट खोस्न जानु र धेरै झमेला उत्पन्न गराउनु जस्ता गलत कुरा गोपाल कायस्थबाट भएको छ |
यता गोबिन्द शाहीको अनुसार गोपाल कायस्थले धेरै अगाडी आफु खुशी चलचित्र “किंग” लाई छोडिसकेपछि पनि फेरी बिचमा दरार बन्न आएको दाबी छ । उनले भने गोपाल कायस्थले पहिले देखि नै “किंग” लाई छोडे पनि बिचमा समस्याहरु उत्पन्न गराउन खोजेको र पछि चलचित्रको छायांकन सक्किसकेपछि निर्मातालाई एमजीको पर्लोवन देखाएर आफुबाट चलचित्र खोस्ने प्रयास गरेको समेत बताए । यस्तै निर्मातालाई समेत गोपाल कायस्थले पटक पटक फोन गरेर यता हलमा र गोबिन्द शाही लगाएत संघमा पनि सबै कुरा मिलाउछु उनि झुटो आश्वासन समेत दिएको कुरा गोबिन्द शाहीले बताएका छन् । बाहिर कुराहरु बुज्दा मार्केटमा समेत गोपाल कायस्थको राम्रो छाप रहेको छैन । अधिकांश निर्माताहरुले उनको बारेमा नकारात्मक टिक्का टिप्पणीहरु समेत गरेका छन् । उनले धेरैलाई अन्याय गरेको र धेरै नै पटक अरुको काममा बिचमा भाजो समेत हाल्ने प्रयास गरेको कुरा धेरैले बताएका छन् । उनको बदमासी र वास्तविकता सबैको अगाडी यतिबेला छर्लंग भईसकेको छ ।
यति बेला आएर चलचित्र “किंग” को बिषयलाई लिएर जुन घोटाला गर्ने प्रयास उनले गरे र गोबिन्द शाही माथि जुन लाल्छन लगाए त्यो बिल्कुलै गलत भएको ठहर समेत भएको छ | गोपाल कायस्थको साथ दिएर चलचित्र संघका महासचिव मधुसुधन प्रधानले समेत आफ्नो पदको दुरुपयोग गरि गोबिन्द शाहीको बितरण अन्तर्गत चलचित्र प्रदर्शन रोक लगाउने पत्र काटे त्यसले चलचित्र संघलाई बदनामीको दाग लगाउने तर्फ धकेलेको छ | उनीहरुको त्यो एकलौटी व्यक्तिगत स्वार्थको निर्णयले यति बेला बाहिर चलचित्र संघ माथि नै प्रश्न चिन्ह उठाउने काम गरेको छ | यस्तै गोपाल कायस्थले हनुमानढोकाको सूचनालाई समेत बेवास्था गरेर आफुलाई नै दोषी साबित गरेका छन् | त्यसै गरि हनुमानढोकाले गोबिन्द शाहीको निवेधन अन्तर्गत गोपाल कायस्थलाई स्पष्टिकरणको लागि छिटो भन्दा छिटो उपस्थित हुनको लागि कडा निर्देशन समेत दिइसकेको छ |
गोपाल कायस्थले देखाएको वितरक गोबिन्द शाही माथिको यो अन्याय पूर्ण व्यवहारले यति बेला सबै रुष्ट छन् | उनको यो गलत कदमले निर्दोष गोबिन्द शाहीको इज्जत माथि ठुलो दाग लाग्ने प्रयास समेत भएको छ | यसको वितरक गोबिन्द शाहीले बिरोधको साथमा घोर भर्सना समेत गरेका छन् | यस्तै उनले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै चलचित्र प्रतिको आफ्नो १६ लाख लगानीको साथमा भनेको समयमा चलचित्र प्रदर्शन नहुदाको नोक्सानीको समेत क्षतिपूर्ति माग गर्दै हनुमानढोकामा निवेधन दर्ता गरिसकेका छन् | यस्तै उनले यस किसिमको अन्याय पूर्ण व्यवहार अरुसंग समेत हुन सक्ने भएकोले यी यस्ता व्यक्तिहरु देखि सधैब सतर्क रहन सबैलाई आग्रह समेत गरेका छन् |

Leave a Reply

%d bloggers like this: