Sun. May 5th, 2024

नेपालका लागि भारतीय राजदूत रञ्जित रेले लुम्बिनीको बृहत्तर बिकास प्रति भारत सरकार सकारात्मक रहेको बताएका छन् । बौद्धमार्गीहरुको प्रमुख गन्तब्य ऐतिहासिक बुद्धजन्म स्थल लुम्बिनीको गुरुयोजनाको गति सुस्त रुपमा अघि बढिरहेको बेला लुम्बिनीको समग्र बिकास प्रति भारतीय चासो समेत बढेर गएको छ । भियतनामको नयाँ बर्षको अवसर पारी आइतबार भियतनाम बौद्धबिहारको निमन्त्रणामा लुम्बिनी आएका राजदूत रन्जित रेले बिगतमा पनि भारत सरकारको पहलमा अन्तराष्ट्रिय अनुसन्धान केन्द्र लुम्बिनीको भवन बनाएकाले हाल आएर पनि बुद्धिष्ट सर्किटको निर्माण कार्य जारी राखेको जानकारी गराए ।
उनले बौद्धगया , श्राबस्ती, कुशीनगर , लुम्बिनी जोड्न बुद्ध सर्किटको निर्माण सँगै रक्सौल र जोगबनी जस्तै पर्यटकहरुको टुरिजम भिसाको सहजताका लागि बेलहिया (सुनौली) बोर्डरमा अन्तराष्ट्रिय चेकपोष्ट बनाउने पहल भईरहेको समेत बताए । पछिल्लो समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएर मायादेबी मन्दिर परिसरमा रोपिएको बोद्धीबृक्षमा उनले पानी हालेर मुलुकमा शान्तीसुरक्षा स्थापनार्थ प्रार्थना समेत गरे ।
rajesh-gyawali
पत्रकारको प्रश्नमा राजदूत रेले नेपाली जनताको ईच्छा र आकांक्षा अनुसार संविधान कार्यान्वयन प्रक्रिया अगाडी बढाएमा नेपालको बिकास निर्माण कार्यमा भारतको सहयोग रहने बताए । नेपालको विकासलाई भारत सरकारले अत्यन्तै महत्वका साथ हेरेको प्रतिक्रिया दिए । नेपाल–भारत सम्बन्ध देश–देशवीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिवीचको सम्बन्ध भएको बताउँदै उनले भने, ‘नेपाल–भारत द्विपक्षीय सम्बन्ध प्रगाढ छ, समयसंगै द्विपक्षीय अझ प्रगाढ बनाउनुपर्छ ।’ उनले साँस्कृतिक तथा आर्थिक रुपमा पनि नेपाल–भारत सम्बन्ध तिव्र गतिमा अघि बढाउने प्रयासहरु भैरहेको जनाए ।
सोहि क्रममा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले राजदुत रेलाई कपिलवस्तुको पर्यटकिय क्षेत्रको बारेमा जानकारी दिदैं भ्रमणको निम्तो समेत दिएका थिए । प्रति उत्तरमा राजदुत रेले लुम्बिनी क्षेत्रको बृहत्तर बिकासका लागी कपिलवस्तुको तिलौराकोट, कुदान, निगालिकोट लगायतका स्थानको बिकास हुनुपर्नेमा जोड दिए । अब छिट्टै तिलौराकोटको उत्खनन्, संरक्षणमा भइरहेका प्रयासको स्थलगत अवलोकनका लागी भ्रमण गर्ने प्रतिबद्धता जनाएका थिए ।
भारतीय राजदूत रे लाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोध र भियतनाम बौद्ध बिहारका भिक्षु डा.लाम, कोषका सदस्य राजेश ज्ञवाली लगायत कोषका उच्च कर्मचारी तथा बिभिन्न बौद्धबिहारका भिक्षुगणले खादा ओढाई स्वागत गर्नुका साथै बुद्धपूजा समेत गरेका थिए । भारत चिन लगाएत विभिन्न बुद्धिष्ट देशहरुले लुम्बिनीको गुरुयोजना सफल पार्नको लागि ठुलो योगदान तथा आर्थिक सहयोग गरेमा गुरुयोजना चाडै नै सफल हुने र सिंगो देशको पर्यटन र आर्थिक विकास हुने कुरा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताउनु भएको छ |

Leave a Reply

%d bloggers like this: