Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बैशाख २९ गतेको प्रदर्शन मिति तय गर्दै अगाडी बढेको चलचित्र “रोमियो” ले आफ्नो नया गीत बाहिर सार्वजनिक गरेको छ । बाबरी बाबरी बोलको उक्त गीतमा शब्द मुकेश राईको रहेको छ भने तारा प्रकाश लिम्बुले यसमा संगीत भरेका छन् । गीतमा सन्तोष लामा र मेलिना राईले आफ्नो स्वर दिएका छन् । रोमान्टिक जेनेरामा तयार भएको गीतको लीरिकल पार्ट मात्र सार्वजनिक गरिएको छ ।
शंकर कार्कीको प्रस्तुति तथा निर्देशन रहेको चलचित्रमा हसन राजा खान , निशा अधिकारी , ओशिमा बनु , विकास खतिवडा , बिपिन मिकी गुरुङ , मेलिना मानन्धर , अफिसा श्रेष्ठ , श्रद्धा सिलवाल , श्यालीन मनाधर लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । किरण माईकल घिमिरेको कथा रहेको चलचित्रलाई रामेश्वर कार्कीले खिचेका छन् । चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् भने सुरेश न्यौपाने चलचित्रको सहायक निर्देशक रहेका छन् । चलचित्रको निर्माता एच.आर.के प्रोडक्सन रहेको छ ।
चलचित्रको टिजर र एउटा गीत भने केहि समय अगाडी नै सार्वजनिक भईसकेको छ । चलचित्र रोमान्टिक जेनेरा र इमोशनको मिश्रणमा तयार भएको कुरा निर्माण पक्षेले बताएको छ । चलचित्रको गीत संगीतले पनि यति बेला चर्चा कमाईरहेको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: