Sat. May 4th, 2024

दुख र सुख मान्छेको जिन्दगीको २ पाटो हो | यो दुवै कुरालाई समेटेरे नै हामी सबै अगाडी बढ्नै पर्ने हुन्छ | अहिले युवा पुस्ताको ठुलो पकड प्राय सबै कुरामा रहेको छ | रमाइलो गर्ने कुरामा पनि युवा पुस्ता नै अगाढी छ | सबैको आफ्नै शैली हुन्छ तर यति बेला प्राय मदिराको सहारामा पनि आफ्नो जीवन अगाडी बढाईरहेका छन् | मदिरालाई अर्कै दृष्टिकोणले हेर्ने हो भने त यो नराम्रो पनि हो तर यति बेला हामी यसलाई रमाइलोको रुपमा ब्याख्या विश्लेषण गर्दैछौ | प्रशंग हो नेपाली गीत संगीत को | अहिले युवा कलाकारहरुको सक्रियेता संगै धेरै कुरामा परिवर्तन आयो अर्थात् नेपाली गीत संगीतमा केहि भिन्न टेस्ट देखियो | सबै खालका गीत भने त्यो पनि सबै बिषयमा त्यहि हिसाबमा मदिरामा पनि गीत बन्ने क्रम अगाडी बढ्यो | यो भन्दा अगाडी पनि धेरै गीत बने मदिरालाई थाती राखेर जुन चल्यो पनि | अब फेरी नया तरिकाले मदिरालाई थाती राखेर नेपाली संस्कृतिलाई छुने गरि अर्को गीत लिएर आउदै छन् गायक यमन माझी |
yaman-majhi
“म मात्तेको सोल्टिनी मदिराले हो” बोलको गीतलाई लिएर अब चाडै नै गायक यमन माझी बाहिर आउने जमर्को गर्दैछन् | उक्त गीतमा शब्द भक्ति रिजालको रहेको छ भने स्वर संगीत गायक यमन माझीको रहेको छ | गीतलाई अरेन्ज गर्ने काम भने लक्षु प्रकाश मल्लले गरेका छन् | अलि रमाइलो भाका र शैलीमा गाउ समाजको कुराहरुलाई पनि यस भित्र समेटिएको कुरा उनले गायक यमन माझीले बताएका छन् | धेरै किसिमका फरक फरक गीत निर्माणको साथमा आफ्नो स्वरको जादु समेत चलाईसकेका उनले यसपटक यो कोसेली भने केहि पृथक रहने बताए | हरेक कुरालाई नकारात्मक सोचले नै हेर्नु पर्ने जरुरी नरहेको र राम्रो नजर हेरेर सहि सोचे सबै कुरा राम्रो पनि देखिने उनको पुष्टि रहेको छ | मदिराको कुरा आफ्नो गीतमा आइरहदा यो केवल मात्र रमाइलोको लागि निर्माण भएको र यसले दर्शक श्रोताहरुलाई भरपुर मनोरंजन समेत प्रदान गर्ने विश्वास उनले राखेका छन् |
yaman-majhi
अहिले उनि अधिकतम ब्यस्त नै छन् | पछिल्लो समय नेपाली गीत संगीतमा उनको सक्रियेता निकै बढेर आएको देखिएको छ | बिगत लामो समयको परिश्रम र मेहेनतले उनलाई धेरै कुराको ज्ञान समेत हासिल गराएको छ | आफ्नो माझी समुदायबाट त नेपाली गीत संगीतमा किङ कै रुपमा उदाएर स्थापित भइसकेका उनले आफ्नो प्रस्तुतिमा दिन प्रति दिन निखारता लिएर आएका छन् | यसै उनले आफ्नो आजको स्थानको पछि नेपाली दर्शक र श्रोताहरुको ठुलो हात रहेको बताएका छन् | उहाहरुको माया र साथ अनि सल्लहा सुझाबले नै आफु अगाडी निरन्तर बढिरहेको कुरा उनले उल्लेख गरेका छन् | यस्तै उनले सम्पूर्ण नेपाली दर्शक श्रोयाहरुलाई जहाँ रहे पनि नेपाली गीत संगीतलाई हेरेर सुनेर माया गरि आफ्नो प्रस्तुतिमा आफ्नो प्रतिक्रिया समेत प्रदान गरिदिनुहुन र अझै अगाडी धेरै नै राम्रो प्रस्तुति लिएर आउनको लागि हौसला प्रदान गरिदिनुहुन हृदय केहि नै हार्दिक अनुरोध समेत गरेका छन् |

Leave a Reply

%d bloggers like this: