Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको इतिहास धेरै नै लामो छ । तर फर्केर हेर्दा त्यो हाम्रो अग्रजहरुको समय र आज आएर यो नया पुस्ताको समयमा धेरै कुराको अन्तर देखिन्छ । यो लामो समयको नेपाली गीत संगीतको यात्रामा धेरै कुराको परिवर्तन देखिएर आयो । दर्शक श्रोताको टेस्ट देखि त्यो अनुसारको गीत संगीतको निर्माणमा समेत आमुल परिवर्तनको कुराहरु देखियो । यसको संग संगै यति बेला धेरै कुरामा युवा पुस्ताको पकड छ त्यस हिसाबले अहिले धेरै हदले नेपाली गीत संगीतमा पनि युवा पुस्ताको निकै बलियो पकड भएको देखिन्छ । अहिलेको यो समयलाई नियालेर हेर्दा युवा पुस्ता एकदमै धेरै नेपाली गीत संगीतमा आकर्षित भएको देखिन्छ । तर यसमा पनि रहरले आउने धेरै छन् र अनुभव र उचित ज्ञान हासिल गरेर आउने भने निकै कम । त्यहि कमको सुचिमा पर्न सफल एक नाम हो गायक योगेश दाहाल । उनको नाम यति बेला लिईरहदा उनको केहि पुरानो कुराहरुलाई पनि फर्केर हेर्नु अति आवश्यक नै देखिन्छ ।
yogesh-dahal
सानै देखिको नेपाली गीत संगीत प्रतिको उनको लगाव र इच्छा तर उचित समय र केहि कुराहरुको समस्यामा अल्झिएका उनले आफ्नो सांगीतिक यात्रालाई सहि रुप दिन सकेनन । तर यसको अर्थ उनले आफ्नो गीत संगीतको माया मोहलाई त्यागे भन्ने कुरा भने होइन । उनले आफ्नै तरिकाले गीत संगीतमा केहि निखारता लिएर आउने सधै प्रयास गरे । रेफ्युजी क्यामको त्यो बालापनको बसोबास अनि त्यहाको समस्या सबै कुरा संग जुधेर उनले आफ्नो सांगीतिक यात्रालाई बिस्तारै अगाडी बढाउदै लगे । समय बित्दै गयो ठाउँ परिवर्तन भयो आज उनि अमेरिकामा बसोबास गर्दछन् तर उनि भित्रको नेपाली गीत संगीत नेपालीपन र कला संस्कृति जस्ताको त्यस्तै जीवित नै छ । लामो समयको परिश्रम त्यस पछिको अध्यन र ज्ञान हासिल पश्च्यात सबैको कुरा मिलाएर उनि यति बेला आफ्नो सांगीतिक यात्रालाई एउटा सहि दिशा निर्देश गर्ने तर्फ अगाढी बढिरहेका छन् ।
धेरै अगाडी आफु भित्रको कलालाई बाहिर लिएर आउनु पर्ने हो तर केहि ढिलो भए पनि उनि निराश र दुखि भने छैनन् । उनि यति बेला अझै खुशी छन् किन भने उनले यो लामो समयको अन्तरलमा आफुले भोगेका दुखबाट पनि धेरै कुरा सिकेका छन् जसलाई उनले आफ्नो गीत संगीतको अबको यात्रामा मिश्रण समेत गरेका छन् । यति बेला उनि आफ्नो “साथ” नामक पहिलो डेब्यु एल्बमको तयारीमा रहेका छन् जसको रेकर्डिङ कार्य जारी छ । उनको यस एल्बममा रचनाकार भोलानाथ तिम्सिना र प्रकाश घिमिरेको शब्द रचनाहरु समावेश रहेको छ । यस्तै एल्बममा संगीत र कम्पोजिसनको काम भने डम्बर खापुङ सुब्बा र कर्मा ग्याल्चन बोम्जनले गर्नुभएको छ । गायक योगेश दाहालको अनुसार उनको यस एल्बममा ६ वटा गीतहरु समावेश रहेका छन् जुन फरक फरक शैलीमा निर्माण भएका छन् । सबै बर्गको इच्छा र चाहनालाई मध्य नजर गरेर आफ्नो एल्बमको गीतहरु तयार गरिएको कुरा उनले बताए । तसर्थ आफ्नो एल्बम सुनेर सबैलाई खुशी मिल्ने र केहि नया कुराको अनुभूति समेत हुने विश्वास गायक योगेश दाहालले ब्यक्त गरेका छन् ।
yogesh-dahal
उनले दिएको जानकारी अनुसार अब छिट्टै नै उनको एल्बम सार्वजनिक हुनेछ । यति बेला उक्त एल्बमको काम निकै जोडतोडले चलिरहेको र छिटो भन्दा छिटो बाहिर दर्शक श्रोताहरुको माझमा यसलाई लिएर आउने प्रयासमा आफु लगायत आफ्नो टिम लागिपरेको कुरा समेत उनले उल्लेख गरेका छन् । यस्तै उनले आफ्नो एल्बमको सबै कुरा म्यानेजको साथमा अधिकतम साथ दिनुभएका गायक तथा कम्पोजर डम्बर खापुङ सुब्बा प्रति हृदय देखि नै आभार प्रकट गरेका छन् । बाल्यकाल देखिको आफ्नो नेपाली गीत संगीत प्रतिको लगाव र इच्छा र त्यसपछिको अधिक मेहेनत र यो लामो समयको पर्खाई पछिको परिणाम अब पक्कै पनि राम्रो हुने आशा उनले राखेका छन् । धेरै कुराको मिश्रण गरेर आफुले आफ्नो गीतहरु तयार गरेको र सबैलाई भरपुर मनोरंजनको साथमा केहि कुराको महसुस समेत आफ्नो गीतहरुले गराउने उनको भनाई रहेको छ ।
बिदेशमा रहेर पनि रगत पसिना बगाएर काम गरिरहदा नेपाली गीत संगीतमा पनि उत्तिकै समय खर्चिनु त्यो नेपाली गीत संगीत क्षत्रको लागि पनि उनको ठुलो योगदान नै रहन जान्छ । उनि अमेरिकामा रहे पनि उनले सधै नेपाली कला संस्कृतिलाई जोगाउने कामहरु गरिनै रहेका छन् । त्यहाँ हुने संस्कृतिक कार्यक्रमहरुमा उनको उल्लेखनीय सहभागिता रहन्छ भने उनको आफ्नो संलग्नता पनि बेला बखतमा धेरै नेपाली संस्कृतिक कार्यक्रमहरुको आयोजना हुने गरेको छ । नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउने उनले आफ्नो आगाडीको यात्रा निकै राम्रो हिसाबले बढाउने बताएका छन् । अबको आफ्नो पहिलो प्रस्तुति दर्शक श्रोताहरुको माझमा पेश गरे पश्च्यात उहाहरुको माया अनि साथले नै अगाडी अझै राम्रो प्रस्तुति बाहिर लिएर आउने प्रतिबध्ता उनले जाहेर गरेका छन् । यस्तै देशमा तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दर्शक श्रोताहरुलाई उनले आफ्नो यो पहिलो एल्बमलाई सुनेर हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरेर सल्लहा सुझाबको साथमा अगाडी बढ्नको लागि हौसला प्रदान गरिदिनुहुनको लागि हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: