Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
चाम्स इन्टरटेनमेन्टको ब्यानरको निर्माण रहेको २ चलचित्र “हेप्पी डेज” र “ब्लाइनड रक्स” को अस्ट्रेलिया राइट्स सोल्ड आउट भएको छ । यसको आधिकारिक राईट्स नमस्ते इन्टरटेनमेन्टले खरिद गरेको हो जसका म्यानेजिङ डाईरेक्टर बिनोद पौडेल हुन् । यी दुई चलचित्र मध्य “हेप्पी डेज” भने आफ्नो सम्पूर्ण छायांकन सकेर अहिले सम्पादनको टेबुलमा छ भने अर्को चलचित्र “ब्लाइनड रक्स” अब फ्लोरमा जाने तयारीमा रहेको छ । यसरि चलचित्र प्रदर्शन र निर्माण अगावै बिदेशमा बिक्रि वितरण हुनु भनेको नेपाली चलचित्रको बजार विस्तार अन्तराष्ट्रिय रुपमा नै तीव्र रुपले हुनु हो ।
happy-days
चाम्स इन्टरटेनमेन्टको तेस्रो प्रस्तुति रहेको चलचित्र “हेप्पी डेज” का निर्माता तर्फ भवानी शर्मा , हिराल जोशी र मिलन चाम्स रहेका छन् | त्यस्तै बि.पी खनाल भने चलचित्रका प्रस्तोता रहेका छन् | चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की , संजय गुप्ता , विक्की जोशी , मोनिका गुरुङ , रुपा पुन , रितेश चाम्स , जेन बकल , हुप थापा लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् ।
happy-days
यस्तै चलचित्र “ब्लाइनड” रक्स का निर्माता निकेश लिम्बु रहेका छन् । यसको निर्देशन समेत निर्देशक मिलन चाम्सले नै गर्दैछन् । यस्तै चलचित्रमा बेनिषा हमाल , अर्पण थापा , नाजिर हुसेन , गौरी मल्ल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: