Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
एक्शन स्टार निखिल अभिनित चलचित्र “किङ” ले चौथो दिन सम्म आइपुग्दा आक्रामक व्यापार गर्न सफल भएको छ । शनिवारको बम्पर व्यापार संगै आइतवार पनि सिंगल थिएटरमा “किङ” ले कब्जा गर्यो । चलचित्र हेर्ने दर्शकहरुको भिड अझै पनि घटेको छैन । माउथ पब्लिसिटी पनि निकै राम्रो प्रवाह भएको हुनाले पनि दर्शकहरुको भिड कम नभएको देखिएको छ ।
king
शनिवार त काठमाडौँ उपत्यका हलहरुमा दर्शकहरुको घुइचो नै देखिएको थियो । सेल्फी खिच्ने र अंगालो मार्ने दर्शकहरुको भिडले एक्शन नायक निखिल उप्रेती र अरु कलाकारहरुलाई पनि छोडेनन् । यसैको नतिजा आइतवार समेत चलचित्र हेर्ने दर्शकहरुको उपस्थिति त्यति नै देखियो । चलचित्रले मल्टिप्लेक्समा पनि राम्रो दर्शकहरुको साथ पाएको छ । दर्शकहरुको यस्तो माया अनि सम्मान र चलचित्रले पाएको सफलताका कारण निर्माता जयन श्रेष्ठ भने यति दंग छन् । आगामी दिनहरुमा समेत यो भन्दा राम्रो चलचित्र निर्माण गरेर दर्शकहरुको सामु पेश गर्ने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् ।
king
जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ” मा निखिल उप्रेती , अनुप विक्रम शाही , बेनिषा हमाल , रुपा राना , प्रज्वल सुजल गिरी , जगन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन शबिर श्रेष्ठले गरेका छन् | चलचित्रमा संजय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ भने काठमाडौँ उपत्यका बाहिरको जिम्मा डिसियनले गरेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: