Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको बढ्दो विकास संगै यस क्षत्रमा रहनु भएका कलाकारहरु पनि यति बेला निकै सक्रिय भएको देखिन्छ | नेपाली कला साहित्यमा प्रतिभावान व्यक्तिहरुको भने कुनै कमि छैन | तर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिन नसक्ने व्यक्तिहरु पनि हामी माझ थुप्रै रहेका छन् | तर आफ्नो गीत संगीतको यात्रालाई निरन्तर रुपमा सहि ढंगले मेहेनतका साथ अगाडी बढाउने कलाकारहरु पनि हाम्रो अगाडी धेरै रहेका छन् | यहि भिडमा रहनु भएका एक कलाकार हुन रचनाकार खेम रिजाल | उनको रचनाले नेपाली दर्शक श्रोताहरुको मनमा कहिले नमेटिने छाप छोडेको छ | उनको रचनामा तयार भएका गीतले नेपाली गीत संगीतको परिवेशलाई नै केहि हद सम्म रंगिन बनायो |
khem-rizal
“गुरास फुल्यो पाखैमा” र “जे जे हुनु भैगो अब” लगाएतका सुन्दर र उत्कृष्ट रचनाका रचनाकार हुन् खेम रिजाल | उनको रचनाले धेरै दर्शक श्रोताहरुको मन जित्यो | उनको प्रतिभाको धेरैले प्रशंसा समेत गरे | नेपाली गीत संगीतमा उनको आगमनले धेरै नया कुराहरुको पनि थप गर्यो | निकै कम समयमा अधिक दर्शकहरुको मनमा बस्न सफल हुनु भनेको सानो कुरा भने पक्कै पनि होइन | नेपाली गीत संगीत आफ्नो नशा नशामा रहेको र आफु भित्र रहेको यसको लगाव कहिले पनि खतम नहुने कुरा समेत उनले स्पष्ट पारेका छन् |त्यसै गरि उनि नेपाली गीत संगीत तथा कला साहित्यको सर्जकको साथमा कुशल समाजसेवी पनि हुन् | नेपालमा रहदा उनले धेरै सामाजिक कार्यहरुमा आफ्नो योगदान दिइसकेका छन् भने यति बेला उनि बिदेशमा रहदा समेत उनको समाजसेवा रोकिएको छैन | उनले त्यहाँ अमेरिकामा रहेर समेत एक सामाजिक संस्थाको अध्यक्षको पदमा रहेर निकै लामो समय देखि युवा जनशक्ति , बालबालिका र वृद्धहरुको हकहितको लागि काम गरिरहेका छन् | त्यसका साथै उनि अरु पनि थुप्रै सामाजिक संस्थामा रहेर सामाजिक कार्यमा निकै अग्रसर भएर लागिरहेका छन् |
khem-rizal
khem-rizal
लामो समय देखि अमेरिका बसोबास गर्दै आइरहेका उनि नेपाली कला साहित्यको लागि भने सधै अगाडी नै सरे | बिदेशी भूमिमा रहेर रगत पसिना बगाएर पनि नेपाली गीत संगीतको लागि भने उनले कहिँ पनि समयको कमि हुन दिएनन् | आफ्नो नियमित काम र गीत संगीतको पाटोलाई उनले संग संगै लिएर अहिले सम्म अगाडी बढेका छन् | नेपाली कला साहित्यमा नै केहि गर्छु र आफ्नो प्रतिभाले दर्शक श्रोतालाई खुशी सन्तुष्ट बनाउछु भन्ने निस्वार्थ सोच उनि राख्दछन् |
khem-rizal
उनले केहि समय अगाडी आफ्नो “पहिलो भेट” नामक पहिलो एल्बम सार्वजनिक गरेका थिए जसमा ८ वटा गीत समावेश रहेका छन् | उनको एकल रचना अनि सत्यराज आचार्य र स्वरूप राज आचार्यको संगीतमा सत्य स्वरूप , उदय सोताङ , मनिला सोताङ , शिव परियार र रजिना रिमाल जस्ता चर्चित कलाकारहरुले स्वर दिएका छन् | उक्त एल्बम संगै रचनाकार खेम रिजालले आफ्नो पहिलो किनाराको छाल नामक गजल संग्रह समेत दर्शक श्रोता माझ सार्वजनिक गरेका थिए |
khem-rizal
आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाउने क्रममा उनले अहिले आफ्नो दोस्रो एल्बमको तयारी गर्दैछन | यसै एल्बम मार्फत उनि संगीतकार र गायन तर्फ पनि आफ्नो पाईला मोड्ने तयारीमा रहेका छन | उनले आफ्नो अब आउने तयारीमा रहेको उनको दोस्रो एल्बममा केहि गीतमा स्वयम आफुले नै स्वर अनि संगीत भरेका छन् | उनको यस एल्बममा उनि संगै अरु थुप्रै चर्चित गायक गायिकाहरुले आफ्नो स्वार प्रदान गर्नेछन् | यहि क्रममा उनले आफ्नो सोहि दोस्रो एल्बमको “निदाएको थिए” बोलको शिर्ष गीत समेत सार्वजनिक गरिसकेका छन् | उनि स्वयमको शब्द रचनामा तयार भएको उक्त गीतमा स्वर अनि संगीत भर्ने काम भने राज सागरले गरेका छन् | उक्त गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ जसमा महानायक राजेश हमाल , उषा खड्की र बियस रानाले उत्कृष्ट अभिनय गरेका छन् | रोहित बस्नेतको कोरियोग्राफर र ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकनमा केदार धितालले उक्त म्युजिक भिडियोलाई निर्देशन गरेका छन् |
khem-rizal
आफु जुन सुकै काममा रहे पनि नेपाली गीत संगीत भने आफ्नो पहिलो प्राथमिकतामा पर्ने कुरा रचनाकार खेम रिजाल बताउछन् | अबको आफ्नो नया प्रस्तुतिहरु पनि निकै पृथक तथा उत्कृष्ट रहेको कुरा उनले उल्लेख गरेका छन् | लामो समयको यस क्षत्रको अनुभव पछि उनि भित्रको प्रतिभाको स्तर पनि धेरै हदले बढेको छ | दर्शक श्रोताहरुको टेस्ट अनि चाहनालाई राम्रो संग बुझेका उनले अबको आफ्नो प्रस्तुतिले सबैको मन छुने विश्वास उनले व्यक्त गरेका छन् | नेपाली गीत संगीत क्षत्रलाई केहि योगदान दिने र दर्शक श्रोताहरुको लागि आफु भित्रको प्रतिभाको नयापन प्रस्तुत गर्ने नै प्रयास सधैब गर्ने कुरा उनले स्पष्ट पारेका छन् | दर्शक श्रोताहरुलाई भगवानको स्वरूप मान्ने उनले उहाहरुको अधिक साथ अनि मायाको लागि सबैलाई हृदय देखि धन्यवाद ज्ञापन समेत गरेका छन् | त्यसै गरि उनले जहाँ रहे पनि नेपाली गीत संगीतलाई हेरेर सुनेर माया र सम्मान गरि त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सल्लहा सुझाबको साथमा आफु जस्ता कलाकारहरुलाई अगाडी बढ्न हौसला प्रदान गरिदिनुहुन सम्पूर्ण दर्शक श्रोताहरुलाई हृदय देखि नै बिनम्र अनुरोध समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: