Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
आउदो चैत्र ११ गतेको लागि प्रदर्शन मिति तय गरेको चलचित्र “डायरी” ले आफ्नो पहिलो “पैसा न कौडी” बोलको गीत सार्वजनिक गरेको छ | केहि समय अगाडी मात्र आफ्नो टिजर सार्वजनिक गरेको चलचित्रले अहिले एउटा आइटम गीत सार्वजनिक गरेको हो जसमा हामी नायिका छुल्ठिम गुरुङलाई ब्लास्ट डान्स गरिरहेको देख्न सक्छौ | चलचित्रको निर्माण ताका देखि नै अधिक चर्चा चल्न थालेको हो किन भने चलचित्रमा नायिका रेखा थापा पहिलो पटक भिलेनको रोलमा देखिदै छिन् | दर्शकहरुमा उनको यो अवतार कस्तो होला भनेर ठुलो कौतुहलता रहेको छ |
diary
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण भएको चलचित्र “डायरी” मा छुल्ठिम गुरुङ , सन्नी सिंह , रेखा थापा , रुपा राणा , बिनोद पौडेल , दिनेश डिसी , राजु लामा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा चेतन गुरुङले लेखेका हुन् | शिव राम श्रेष्ठले छायांकन गरेको यस चलचित्रको सम्पादनको काम धमाधम भईरहेको छ जसलाई प्रविन श्रेष्ठले गरिरहनु भएको छ |
diary
निर्देशक अनिल योन्जनको निर्देशनमा तयार भएको यस चलचित्रका निर्माता भने नायिका छुल्ठिम गुरुङ हुन् | उनले यो भन्दा अगाडी “नोवेम्बर रेन” नामक चलचित्रमा आफ्नो कुशल अभिनयको प्रदर्शन गरेर दर्शकहरुको मन जिती सकेकी छिन् | त्यस्तै चलचित्रमा अर्का कलाकार राजु लामाको पनि बेजोड उपस्थिति रहेको छ | यो भन्दा अगाडी थुप्रै चलचित्रमा अभिनय गरिसकेका र होस्टेल चलचित्रबाट सोनाम ताशी नामक पात्रबाट चर्चामा आएका उनले यस चलचित्रमा पनि आफ्नो फरक भूमिका निभाएका छन् |
diary
चलचित्रको कथा वस्तु सस्पेन्स थ्रिलर संगै प्रेम सम्बन्धमा समेत आधारित रहेको कुरा निर्माण पक्षेले बताएको छ | चलचित्रको प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास निर्देशक अनिल योन्जनले ब्यक्त गरेका छन् | चलचित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्सले लिएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: