Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा यति बेला नया पुस्ताको आकर्षण निकै बढ्दो छ यहि हिसाबमा नया कलाकारहरुको आगमन पनि निकै तिब्र रहेको छ | तर यहि क्षत्रमा बिगत लामो समय देखि आबद्ध रहेर आफ्नो यात्रालाई निरन्तरता दिएका कलाकारहरुको पनि हामी माझ लामो सुची रहेको छ | यहि सुची भित्र पर्न सफल एक नाम हो रचनाकार गोविन्द फुयाल | उनलाई हामीले रचनाकारको उपाधि मात्र दिन सक्दैनौ किन कि उनि कुशल गायकको साथमा संगीतकार पनि हुन् | पनि हुन् | बहुमुखी प्रतिभाको धनि उनि रचनाको बिषयमा निकै अब्बल मानिनछन् | आफ्नो जीवन कलाको यो लामो यात्रामा उनले धेरै कुराको अनुभव बटुलिसकेका छन् |
govind-phuyal
उनको बिशेष पाटो भनेको शास्त्रीय संगीत हो | उनले यस विधामा निकै ज्ञान हासिल गरेका छन् | भजन कीर्तनको बिशेष मोह राख्ने उनि गीति संग्रहको साथमा भजन संग्रह प्रति पनि लगाव राख्दछन् | उनले केहि समय अगाडी आफ्नो २ वटा भजन एल्बम दर्शक श्रोताहरुको लागि सार्वजनिक गरिसकेका छन् | उनको उक्त प्रयासलाई दर्शक श्रोताहरुले राम्रो माया अनि साथ दिए जसका कारण उनि अगाडी बढ्न अझै बढी उत्साहित पनि भए | हुन त उनले भजन गायन र गीति संग्रह दुवै विधामा राम्रो काम गरिसकेका छन् | तर उनको चिनारी भने गजल गायक र भजन गायकको रुपमा स्थापित भएको छ | नेपाली भाषामा भक्ति गजल रेकर्ड गर्ने उनि पहिलो नेपाली भाषी भुटानी रचनाकार हुन् |
govind-phuyal
अहिले उनि आफ्नो नया गजल एल्बमको तयारीमा जोड तोडले जुटेका छन् | अब आउने तयारीमा रहेको उनको नया एल्बममा सम्पूर्ण शब्द अनि रचना स्वयम उनकै छ भने संगीत भने अर्का व्यक्तिले भर्दै हुनुहुन्छ | एल्बममा ७ वटा गीतहरु समावेश हुनेछ जसमा स्वर अनि शब्द रचनाकार गोविन्द फुयालकै रहेको छ | यसका साथै उनले संग संगै आफ्नो नया गीति एल्बमको पनि तयारी गर्दैछन् | उनले निर्माण गरेका गीतहरु सबै बर्गको लागि उचित हुने पनि गर्दछ | धार्मिक र कला साहित्यको कुराहरुलाई बिशेष पाटो बनाएर अघि बढेका उनले धेरै दर्शक श्रोताहरुको मन आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् |
govin-phuyal
लामो समय देखि अमेरिका बसोबास भएता पनि नेपाली हुनुको अर्थ अनि धर्म भने उनले कहिले पनि बिर्सेका छैनन् | बिदेशमा रगत पसिना बगाएर समेत उनले प्रयाप्त समय नेपाली गीत संगीतलाई दिएका छन् | आफु जस्तो सुकै काममा रहे पनि नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने कुरा उनले उल्लेख गरेका छन् | बिदेशमा रहेर पनि उनले निरन्तर रुपमा अग्रसर भएर नेपाली धर्म अनि कला संस्कृतिलाई बचाउने काम गरिनै रहेका छन् | अहिलेको स्थिथिमा नेपाली गीत संगीतमा र दर्शक श्रोताहरुको टेस्टमा समेत केहि परिवर्तन आइसकेको हुनाले आफु पनि केहि परिवर्तनशील हिसाबमा अगाडी बढ्ने कुरा पनि उनले बताए | अबको आफ्नो प्रस्तुति पृथकको साथमा नयापनको मिश्रण हुने कुरा उनले स्पष्ट पारेका छन् |
govind-phuyal
सबै कुरा दर्शक श्रोतामै केन्द्रित भएको हुनाले पनि उहाहरुको साथ अनि माया बिना आफु अधुरो रहेको कुरा पनि बताएका छन् | जस्तो सुकै परिस्थिति आएतापनि आफ्नो धर्म संस्कृति र नेपाली गीत संगीत देखि कहिले पनि पछि नहट्ने दृढ प्रतिबध्ता उनले जाहेर गरेका छन् | यसै गरि हामी जहाँ रहे पनि हाम्रो देश नेपाल अनि भाषा नेपाली हो र हाम्रो पहिचान , धर्म अनि संस्कृतिलाई हामीले कहिले पनि बिर्सिनु हुन्न भन्ने मान्यता उनि राख्दछन् | त्यसै गरि उनले जहाँ रहे पनि सधैब नेपाली गीत संगीतलाई सुनेर हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई सहि ढंगले औल्याएर आफु जस्तो कलाकारहरुलाई सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुन हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: