Mon. May 6th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी एक कार्यक्रम बीच निर्माण घोषणा भएको चलचित्र “म यस्तो गीत गाउछु” को अब आउदो माघ २१ गते देखि छायांकन सुरु हुने भएको छ | लव स्टोरी जेनेरामा तयार हुने यस चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गर्नेछन् |
यस चलचित्रमा हामी नायक पल शाह र नायिका पुजा शर्माको सुन्दर जोडीलाई हेर्न पाउने छौ | यो जोडी पहिलो पटक संगै एकसाथ पर्दामा देखिदै छन् | उनीहरुले आफुहरुले एक अर्का संग यसरि संगै काम गर्न पाउदा निकै नै उत्साहित रहेको कुरा बताएका छन् |
ma-yasto-geet-gauchu
चलचित्रमा पूजा र पलको साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी, नविन मानन्धर, करुन लामा, मोहन निरौला लगायतका कलाकारले अभिनय रहनेछ । चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल, अन्जु पन्त र अर्जुन पोखरलेको स्वर र कविराज गहतराजको नृत्य निर्देशन समावेश रहने छ । चलचित्रका मुख्य सहायक निर्देशक बसन्त अधिकारी हुन् भने सहायक निर्देशक दिनेश खड्का हुन् । विश्व गौतमको कस्ट्यूम डिजाइन रहने चलचित्रमा नविन पौडेल प्रोडक्शन डिजाइनर, नेपाल डायरिज प्राली ब्रान्ड म्यानेजरको रुपमा रहनेछन् ।
चलचित्रको निर्माणमा कुनै पनि किसिमको कमि कमजोरी नरहने र दर्शकहरुको चाहनालाई ध्यानमा राखेर चलचित्रको निर्माण गरिने कुरा निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् | चलचित्रमा समावेश कथा वस्तु र प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् | चलचित्रको प्रदर्शन मिति आउदो बर्षको लागि तोकिएको छ |

Leave a Reply

%d bloggers like this: