Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतले अहिले बिस्तारै गति लिइरहेको अवस्थामा यस क्षत्रमा आबद्ध कलाकारहरु पनि निकै नै सक्रिय भएर नेपाली गीत संगीतको विकासमा लागिपरेको देखिन्छ | धेरै कलाकारहरुले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिन नसकेको अवस्था पनि छ | तर यो बिचमा थुप्रै समस्या संग जुधेर नेपाली गीत संगीतलाई नया दिशा तर्फ मोडेर अगाडी बढ्छु भन्ने सोच बोकेर निरन्तर मेहेनतका साथ अगाडी बढिरहेको कलाकारहरुको पनि हामी माझ कमि भने छैन | यस्तै एक कलाकार हुन् गायक यमन माझी | उनि लामो समय देखि नेपाली गीत संगीतको सर्जकको रुपमा सक्रिय भएर अगाडी बढिरहेका छन् |
yaman-majhi
लामो समय देखि नेपाली गीत संगीतमा आफ्नो अपरिहार्य योगदान दिदै आइरहेका उनले २ वटा आफ्नो एल्बम दर्शक श्रोता माझमा सार्वजनिक गरिसकेका छन् | यस्तै उनि अब आफ्नो नया तेस्रो एल्बमको तयारीमा जुटेका छन् | उनले अहिले आफ्नो तेस्रो एल्बमको गीतको रेकर्डिङ काम धमाधम गरिरहेका छन् | भर्खरै मात्र उनको नया गीतको रेकर्डिङ कार्य समाप्त भएको छ | उनकै शब्द संगीत र कमोजिसनमा तयार भएको “मलाई झ्याप्पै मतायो” बोलको रमाइलो गीतको रेकर्डिङ कार्य उनले सकेका छन् | उनको यस गीतलाई अरेन्ज गर्ने काम भने लोकेन्द्र सुब्बाले गरेका छन् |
yaman-majhi
आफ्नो यसपटकको एल्बममा केहि पृथक गीतहरुको समायोजन आफुले गरेको कुरा उनले बताएका छन् | लामो समयको अनुभव पछि दर्शक श्रोताको टेस्टलाई राम्रो बुझेका बताउने उनले आफ्नो एल्बममा सबै खालका गीत समावेश गरेको कुरा पनि उल्लेख गरेका छन् | उनले आफ्नो पछिल्लो प्रस्तुतिहरुबाट दर्शक श्रोताहरुको मनमा आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् | उनको स्वरको धेरै प्रशंसकहरु पनि हामी भेट्न सक्छौ | उनि बहुमुखी प्रतिभाको धनि समेत हुन् | उनमा धेरै कुराहरुको ज्ञान भरिएको छ |
yaman-majhi
आफ्नो तेस्रो एल्बमको तयारीमा जोड तोडले लागिपरेका उनले दर्शक श्रोतालाई कहिले पनि निराश नबनाउने प्रतिबध्ता जाहेर गरेका छन् | त्यसै गरि उनले जस्तो समस्या आएपनि कहिले पनि यो क्षत्रबाट टाढा नहुने र सधैब नेपाली गीत संगीतमा आफ्नो जीवन व्यतित गर्ने विश्वास समेत व्यक्त गरेका छन् | त्यसै गरि उनले आफ्नो गीत संगीतलाई सुनेर हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा अगाडी बढ्न हौसला समेत प्रदान गरिदिनु हुन् दर्शक श्रोता माझ हृदय देखि नै अनुरोध समेत गरेका छन् |

Leave a Reply

%d bloggers like this: