Wed. May 8th, 2024

मनोरंजनसंसार डटकम
युकेमा सपन इन्टरटेनमेन्टद्वारा आयोजित “युके डान्स अफ” प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न भएको छ | प्रतियोगिताको उपाधि जेनी सुनुवारले जितेकी छिन् र त्यसको साथमा उनले १२ सय पाउन्ड प्रमाणपत्र र ट्रफी उचालिन | त्यसै गरि फस्ट रनर अफ भईन काजोल गुरुङ | उनले ८ सय पाउन्ड जितिन | सेकेन्ड रनर अफको टाइटल मध्ये पहिलो पुनम गुरुङ र दोस्रो ऋचा , नेहा र अन्जानको समुहले जित्यो | पब्लिक च्वाइसमा पहिलो स्थान जेनी , दोस्रो काजोल र तेस्रो स्थान प्रतिष्ठा त्रिपाटीले सुरक्षित गरे | उनीहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरियो |
uk-program
प्रतियोगितका निर्णायक मण्डलको टिममा निर्देशक तथा निर्माता मिलन चाम्स , कोरियोग्राफर रेनेशा बान्तवा राई , नायिका प्रियंका कार्की र नायक तथा आरजे संजय गुप्ता रहेका थिए | त्यस्तै नायिका प्रियंका कार्कीले कार्यक्रममा आफ्ना केहि मन्तब्य पनि राखेकी थिइन् | ‘आफ्ना सन्तानको प्रतिभा उजागर हुने यो प्लेटफर्म उपलब्ध गराईदिनुभएकोमा सबै अभिभावकप्रति म कृतज्ञ छु ‘,प्रियंका भन्दै थिइन् , ‘आफ्ना छोराछोरी फिल्म , मोडलिङ्ग , डान्स , मेडिकल वा एभिएसन जुन क्षत्रमा रुचि राख्छन , त्यो गर्न दिनुस | इच्छा मारिदिनुभयो भने उनीहरु दुखि हुन्छन र त्यसले अन्तयमा तपाई अभिभावकहरु झन् दुखी बन्नुपर्छ |’ परिवारकै पूर्ण समर्थनले आफुले सफलता चुमिरहेको उनले स्मरण गरिन |
uk-program
त्यस्तै एकल र समुहमा आबद्ध कुन १४ प्रतिस्पर्धीले पहिलो चरणमा नेपाली मौलिक नाच र दोस्रोमा स्वेच्छाले विभिन्न नाच देखाएका थिए | त्यसै गरि कार्यक्रमको प्रमुख अतिथिमा नेपालका राजदुत डा. दुर्गाबहादुर सुवेदी रहेका थिए | उनले यस्तो प्रतियोगितामार्फत मनोरंजन मात्र होइन , युवायुवती माझ लुकेको प्रतिभा प्रस्फुटन हुने धारणा राखे |
uk-program
uk-program
uk-program
यस्तै प्रतियोगिताकी एमबासडर , निर्णायक एवं कोरियोग्राफर रेनेशा बान्तवा राईले डान्समा नै पनि करिअर बनाउन सकिने उदहारण दिईन | ‘ साइन्स पढ्दा पढ्दै नृत्यतिर लाग्दा मैले धेरै चुनौती सामना गर्नुपरेको थियो , तर आफ्नो समर्पणले अहिले म यस स्थानमा छु ‘, उनले भनिन |
uk-program
दोस्रो चरणको कार्यक्रममा आरके स्कवायर ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो |

Leave a Reply

%d bloggers like this: