Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
पछिल्लो समय नेपाली गीत सांगीतिक माहोलमा धेरै परिवर्तन आइसकेको छ | नया प्रतिभा र नया सोचको साथमा धेरै नया कलाकारहरुको आगमन पनि भईसकेको छ | धेरै गीतहरु निकाल्ने तर दर्शकहरुको मनमा बस्न नसक्ने कलाकारहरुको पनि हामी संग सुची रहेको छ | तर केहि समयको अन्तरालमा राम्रा अनि सिमित गीत निकाल्ने अनि छोटो समयमा नै दर्शक श्रोताहरुको मन मस्तिकषमा बस्न सफल भएका कलाकारहरु पनि हामी माझ रहेका छन् | यस्तै एक कलाकार हुन् गायक एकदेव लिम्बु | अहिलेका युवा पुस्ताका प्रतिक मानिने उनि आफ्नो स्वरको जादुबाट सबैमा प्रख्यात छन् | उनको गीत अहिले नसुन्ने कमै मात्र होलान |
ekdev-limbu-new
ekdev-limbu-new
युवा गायकको रुपमा परिचित उनले अहिले आफ्नो नया “गुमसुम” बोलको गीत दर्शक श्रोताहरुको लागि लिएर आएका छन् | बिराज गौतमको शब्द तथा संगीतमा तयार भएको यस गीतमा गायक एकदेव लिम्बु र गायिका सुनिता थेगिमले आफ्नो सुमधुर स्वर भरेका छन् | गीतलाई अरेन्ज गर्ने काम भने संजय हमालले गरेका छन् | गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो बनेको छ जसमा अनिश लिम्बु , कमल लिम्बु र निरेश महर्जनले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् | गीतको म्युजिक भिडियोलाई निर्देशन गर्ने काम भने निर्देशक युगल पोमोले गरेका छन् | उनको क्रियसनले अहिले नेपाली म्युजिक भिडियोको बजार खुबै तताएको छ |
ekdev-limbu-new
ekdev-limbu-new
लामो समय देखि नेपाली गीत संगीतमा लगावका साथमा लागिपरेका गायक एकदेव लिम्बुले यो भन्दा अगाडी “लुन्ग्वा” बोलको गीत बजारमा लिएर आएका थिए | उक्त गीतले निकै कम समयमा अधिक चर्चा पाएको थियो | अधिकांश दर्शक श्रोताहरुले उक्त गीतलाई मनपराए | त्यस पश्च्यात अहिले केहि समयको विश्राम र अझै बढी साधना र मेहेनतका साथमा उनले आफ्नो नया गीत बाहिर लिएर आएका हुन् | नेपालका सम्भावना बोकेका युवा पुस्ताका गायकमा उनको नाम पनि पर्दछ |
ekdev-limbu-new
ekdev-limbu-new
नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउने उनले सधैब निरन्तर रुपमा नेपाली गीत संगीतमा लागिपर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् | दर्शक श्रोताहरुको टेस्टलाई राम्रो संग बुझेका उनले आगामी दिनहरुमा अझै राम्रो प्रस्तुत दर्शक श्रोता माझमा पेश गर्ने कुरा पनि उल्लेख गरेका छन् | आफ्नो पछिल्लो गीत जस्तै अहिलेको यो नया गीतलाई पनि एकपटक सबैले हेरेर सुनेर आफ्नो प्रतिक्रिया राखिदिनु हुन हृदय देखि नै उनले अनुरोध समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: