Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
मंसिर १७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “तँ म र ऊ” ले अहिले आफ्नो प्रचार प्रसार व्यापक रुपमा अगाडी बढाई रहेको छ | चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा यतिबेला निर्देशक लक्षु गौतम तथा निर्माता सुदिन प्रसाईलाई सबैजसो मिडियामा अन्तर्वार्ताको लागि भ्याई नभ्याई छ | अहिले नेपाली बजारमा समेत चलचित्रको चर्चा चलिनै रहेको छ |
Ta-Ma-Ra-U
श्रद्धा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा सुदिन प्रसाई , निता ढुंगाना , आमेश भण्डारी लगाएतका कलाकारहरुको अभिनय रहेको छ | नायक तथा निर्माता सुदिन प्रसाईको यो डेब्यु चलचित्र पनि हो | उनले चलचित्रबाट निकै आशा राखेको कुरा पनि बताएका छन् | चलचित्र निकै नै राम्रो बनेको र दर्शकहरुलाई भरपुर मनोरंजन प्राप्त प्रदान गर्ने विश्वास पनि उनले ब्यक्त गरेका छन् | त्यसै गरि चलचित्रले पर्यटन मन्त्रालय देखि देशभर सिंगल प्रदर्शनको लागि स्वीकृति समेत पाइसकेको छ |
ta-ma-ra-u
चलचित्रमा सुदिन प्रसाईको कथा रहेको छ | त्यस्तै चलचित्रमा शिव परियार र आमेश भण्डारीको संगीत र शम्भु सापकोटाको छायांकन समावेश रहेको छ | साथी बिचको सम्बन्ध र माया प्रेमको कथाम केन्द्रित रहेर चलचित्र तयार भएको कुरा निर्माण पक्षेले जानकारी दिएको छ | चलचित्रमा समावेश दृश्यले दर्शकहरुको मन लोभ्याउने कुरा पनि निर्माण पक्षेले बताएको छ | चलचित्रको छायांकन काठमाडौँ , पोखरा र मुस्ताङ्ग स्थित मुक्तिनाथ क्षत्रमा गरिएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: