Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
पुस २९ गते प्रदर्शन मिति तय गरेको चलचित्र कारखाना ले आफ्नो पहिलो गीतको भिडियो सार्वजनिक गरेको छ | केहि समय अगाडी लिरिकल भिडियो सार्वजनिक गरेको चलचित्रले अहिले भने पुरा भिडियो नै सार्वजनिक गरेको छ | माया ले बोलेको बोलको उक्त गीतमा हामी चलचित्रका नायक सुशील श्रेष्ठ र नायिका वर्षा शिवाकोटीलाई रोमान्स गरिरहेको अवस्थामा देख्न सक्दछौ | गीत निकै राम्रो बनेको छ | गीतमा शब्द संगीत हर्कुलेस बस्नेतको रहेको छ भने गीतमा सुगम पोखरेल र निखिता थापाले सुमधुर स्वर भरेका छन् | यस्तै गीतलाई अरेन्ज गर्ने काम भने बाबु प्रधानले गरेका छन् |
karkhana
अमरद्विप सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सुशिल श्रेष्ठ, वर्षा शिवाकोटी, जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायतको कलाकारहरुको अभिनय रहेको छ | दयाराम दाहाल, सुशिल पोखरेल र निर्देशक स्वयमको पटकथा तथा संवाद जोडिएको चलचित्रमा निरज कंडेलको छायांकन रहेको छ | चलचित्रको निर्माता तर्फ भने सुदिप खड्का, राजेन्द्र केसी, अम बज्राचार्य र सुर्याश खड्का रहेका छन् | त्यसै गरि चलचित्रमा चन्द्र पन्तको द्वन्द्व , हर्कुलस बस्नेत र अनिल शाहीको संगीत र कविराज गहतराजको नृत्य रहनेछ । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
karkhana
चलचित्र निकै राम्रो बनेको र आफुहरुले कुनै किसिमको कन्जुसाई चलचित्रमा नगरेको कुरा निर्माता सुदिप खड्काले बताउनु भएको छ | चलचित्रको गीत संगीत पनि निकै नै उत्कृष्ट रहेको कुरा उनले उल्लेख गरेका छन् | त्यसै गरि चलचित्रमा प्रस्तुत कथा वस्तु र सबै कुराले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास उनले ब्यक्त गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: