Tue. May 21st, 2024

मनोरंजनसंसार डटकम
यति बेला हाम्रो नेपालमा मात्र नभएर बिदेशमा समेत नेपाली गीत संगीतको बजार तिब्र रुपमा फस्टाउदै छ | यो हिसाबले नेपाली गीत संगीत प्रतिको माया मोह पनि अहिले चारैतिरबाट बढ्दो अवस्थामा छ | यसका साथै अहिले एकदमै बढी मात्रामा युवा पुस्ता नेपाली गीत संगीतमा सक्रिय भएको देखिन्छ | देशमा मात्र हैन देश बाहिर रहेर पनि धेरै कलाकारहरुले नेपाली गीत संगीत विकास र प्रबर्धनमा योगदान दिदै आइरहेका छन् | नेपाली गीत संगीतको विकास र संरक्षण गर्नुपर्छ भन्ने सोच अहिले धेरैमा आइसकेको छ | यस्तै नया सोच र प्रतिभा बोकेर अगाडी बढ्दै गईरहेका एक गायक हुन् तुल साम्सोहाङ राई | उनि हाल अमेरिकामा बसोबास गर्दछन् तर उनको लक्ष्य भने नेपाली गीत संगीतलाई राम्रो दिशा तर्फ लिएर जाने रहेको छ | उनले धेरै लामो समय देखि नेपाली गीत संगीतमा सक्रिय भएर काम गरिरहेका छन् | उनले बिगत धेरै समय अगाडी देखि नै अमेरिकामा पनि स्टेज प्रस्तुति दिदै पनि आइरहेको छ | उनको प्रस्तुतिले धेरै दर्शकहरुलाई आफु नेपालमा रहेको अनुभति पनि हुने गर्दछ | उनको त्यो मधुर स्वरमा धेरै दर्शकहरुले आफ्नो दुख पिडा समेत भुलाउने गर्दछन् |
tul-samsuhang-rai
tul-samsuhang-rai
बिदेशमा बसेर पनि आफ्नो नेपालीपनको नेपाली गीत संगीत सुन्न पाउदा त्यहाँ नेपालीहरु पनि खुशी छन् | त्यस्तै आफुहरुलाई नेपाली गीत संगीतको आनन्द दिएकोमा धेरैले गायक तुल साम्सोहाङ राईलाइ बधाई धन्यवाद समेत दिएका छन् | यो हिसाबले उनि नेपाली गीत संगीत र नेपाली कला संस्कृतिको सर्जक पनि रहेका छन् | नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकता रहेको कुरा उनले बताएका पनि छन् | त्यस्तै उनले लामो समयको अनुभव र मेहेनतको साथमा धेरै कुराको ज्ञान हासिल पश्च्यात अब आफ्नो नया एल्बम लिएर आउने तयारीमा रहेका छन् |
tul-samsuhang-rai
tul-samsuhang-rai
अहिले उनको नया एल्बमको गीतहरुको रेकर्डिङ्ग कार्य धमाधम चलिरहेको छ | उनले दिएको जानकारी अनुसार भर्खरै मात्र उनले आफ्नो नया “लाखौ जुनी” बोलको गीतको रेकर्डिङ्ग समाप्त पारेका छन् | उनको यस नया गीतमा शब्द तथा संगीत नेपाली भाषी भुटानी गायक संगीतकार तथा रचनाकार प्रताप सुब्बाको रहेको छ | गीतलाई अमेरिकाको टेक्सस स्टेटको फोर्ट वोर्थ सहरको इस्टर्न रेकर्डिङ्ग स्टुडियोमा मोनिश राईले रेकर्ड गरेका हुन् | गीतको अरेन्ज गर्ने काम भने अशोक राईले गरेका छन् | आफ्नो एल्बमको काम अब चाडै नै सकिने स्थितिमा रहेको कुरा गायक तुल साम्सोहाङ राईले जानकारी दिएका छन् |
tul-samsuhang-rai
tul-samsuhang-rai
tul-samsuhang-rai
नेपाली गीत संगीतमा नै आफ्नो जीवन व्यतित गर्ने बताउने उनले आफुले आफ्नो यस एल्बमको लागि अधिक मेहेनत गरेको कुरा उल्लेख गरेका छन् | दर्शक श्रोताको टेस्टलाई मध्य नजर गर्दै सबै गीतहरु तयार गरेको र सबैले मनपराउनु हुने विश्वास उनले राखेका छन् | आफ्नो पहिलो प्रयास भए पनि धेरै कुरामा ध्यान दिएर यो एल्बमको निर्माण गर्दै गरेकोले पनि उनले आफु दर्शक श्रोता देखि नै आशावादी रहेका बताएका छन् | जस्तो भए पनि एकपटक सुनेर हेरेर नै आफ्नो प्रतिक्रिया जस्ताको त्यस्तै राखिदिनु हुनको लागि दर्शक श्रोताहरु संग उनले हृदय देखि नै बिनम्र अनुरोध समेत गरेका छन् | दर्शक श्रोताहरुको प्रतिक्रिया राम्रो साथ र हौसलाले आगामी दिनहरुमा अझै राम्रो गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |

Leave a Reply

%d bloggers like this: