Wed. May 1st, 2024

मनोरंजनसंसार डटकम
लामो समय देखि चर्चामा रहेको चलचित्र “पुरानो डुंगा” अब मंसिर १० गते अर्थात् भोलि शुक्रबार देखि देशभरका सम्पूर्ण हलहरुबाट एकैसाथ प्रदर्शनमा आउदै छ | चलचित्रले बुधवार राजधानीमा भब्य र शब्य रुपमा आफ्नो प्रेमिएर शो पनि सम्पन्न गरेको छ | चलचित्रको प्रेमिएर शो मा चलचित्र हेर्ने नेपाली चलचित्र क्षत्रका नाम चलेका ठुला ठुला हस्तीहरुको साथमा अधिकांश पत्रकारहरुको पनि उपस्थिति रहयो | चलचित्र हेरिसकेपछि सबैले निकै राम्रो प्रतिक्रिया दिएका छन् | चलचित्र निकै नै राम्रो बनेको र कलाकारहरुको साथमा निर्देशक राम बाबु गुरुङको काम पनि अति प्रशंसनीय योग्य रहेको सबैले बताएका छन् | त्यस्तै चलचित्रको अहिले सबै तिर आक्रामक रुपमा बुकिङ्ग हुन थालिसकेको छ | बलिउडका बादशाह शाहरुख खान माथि नै चलचित्र “पुरानो डुंगा” हाबी हुन पुगेको छ | शुक्रवार चलचित्र “पुरानो डुंगा” को साथमा बलिउड स्टार शाहरुख खानको चलचित्र प्रदर्शनमा आउदै छ तर दर्शकहरु भने “पुरानो डुंगा” को पक्षेम देखिएका छन् | सबै तिर अहिले “पुरानो डुंगा” को अग्रिम बुकिङ्ग निकै तिब्र रुपमा भईरहेको छ | प्रदर्शन मिति सम्ममा त कतिपय दर्शकहरुले टिकट नै नपाउने सम्मको संकेत पनि देखिन थालिसकेको छ | बलिउड भन्दा अब हाम्रो नेपाली चलचित्र पनि उच्चस्तरीय हिसाबले प्रस्तुत हुन सक्छ भन्ने कुराको ज्वलन्त उदहारण यति बेला चलचित्र “पुरानो डुंगा” बनेको छ |
purano-dunga
purano-dunga
चलचित्रमा सामान्य परिवारको कथा वस्तुलाई केन्द्र बिन्दु बनाईएको छ तर निकै सहज तरिकाले कुनै पनि दर्शकको मन यस चलचित्रले राज गर्न सक्ने देखिन्छ | चलचित्रको प्रस्तुति नै निकै राम्रो रहेको छ | निर्देशक राम बाबु गुरुङले निकै मेहेनतका साथ दर्शकहरुलाई मनोरंजन प्रदान गर्ने थुप्रै खुराकहरु चलचित्रमा मिश्रण गरेका छन् | चलचित्रका सबै पात्रहरुको अभिनय बलियो नै देखिन्छ यसका साथमा चलचित्रमा प्रस्तुत दुख पिडाको चित्रण चलचित्रको अर्को बलियो पक्षे हो | चलचित्रको गीत संगीतले आकाश नै छोइसकेको छ | चलचित्र प्रदर्शन हुनु भन्दा यति लामो समय देखि तिब्र रुपमा चलचित्रको चर्चा हुनुको पहिलो उदहारण नेपाली चलचित्र इतिहासमा चलचित्र पुरानो डुंगा बनेको छ | यस चलचित्रको निर जैले रिसाउने बोलको गीतले त अहिले सम्मको सबै रेकर्ड नै तोडिसकेको छ | नेपालको यस्ता शायदै कमै स्थान होला जहाँ यो गीत नपुगेको र नेपालमा यस्ता मान्छे भेटिन गार्हो हुन्छ जसले यो गीत नहेरेको र नसुनेको |
purano-dunga
purano-dunga
purano-dunga
चलचित्रको यस किसिमको चर्चाले भोलिको दिनमा चलचित्रले ठुलो सफलता हात पर्ने पक्का देखिन्छ | चलचित्र निकै मनोरंजननात्मक हिसाबले तयार भएको र चलचित्रको कथा वस्तुले दर्शकहरुको मन छुने विश्वास निर्देशक राम बाबु गुरुङले ब्यक्त गरेका छन् | चलचित्रको अहिलेको चौतर्फी चर्चा परिचर्चाले र चलचित्रले बलिउडको चलचित्र माथि हाबी भएर अहिले गरिरहेको आक्रामक बुकिङ्गको हिसाबले आफ्नो चलचित्र प्रति आफ्नी निकै आशावादी रहेको कुरा उनले उल्लेख गरेका छन् | त्यस्तै उनले आफ्नो चलचित्र हेरिसकेपछि चलचित्र प्रतिको आफ्नो प्रतिक्रियाहरु जस्ताको त्यस्तै राखिदिनु हुन सबै दर्शकहरुलाई बिनम्र अनुरोध समेत गरेका छन् |
purano-dunga
सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: