Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
मोस्ट अवेटेड फिल्म “बाहुबली: द कनक्लूजन” को फर्स्ट लुक मोशन पोस्टर रिलीज गरिएको छ | आज फिल्मका नायक प्रभाषको जन्म दिनको अवसर पारेर फिल्मको “बाहुबली २” को पहिलो पोस्टर रिलिज गरिएको हो | रिलिज गरिएको पोस्टरमा नायक प्रभाषलाई हामी अधिक रिसको लूक्समा एक हातमा तलवार र अर्को हातमा जंजीर लिएको देख्न सक्दछौ | पोस्टर रिलिजको यस आयोजित कार्यक्रममा नायिका तमन्ना भाटिया र निर्देशक एस एस राजामौली पनि उपस्थित रहेका थिए |
bahubali-2-
तपाईहरुलाई यो बताइदिउ कि बहुबाली हेरिसके पछि पछिल्लो बर्ष देखि अहिले सम्म सबैको मनमा रहेको कटप्पाले बाहुबलीलाई किन मारे भन्ने प्रश्नको जवाफ मात्र ३ ब्यतिहरुसंग रहेको छ नायक प्रभाष , निर्देशक एस एस राजामौली र कथाकार | फिल्म रिलिज भन्दा अगाडी फिल्मको क्लाईमेक्स लिक नहोस भनेर निर्देशक एस एस राजामौलीले “बाहुबली: द कनक्लूजन” १ या २ हैन पुरा ४ वटा कलाईमेक्स खिचेका थिए र अहिले सम्म कुन कलाइमेक्स देखाउने बारेमा कुनै निर्णय भएको छैन | अब यो फिल्मको सबै छायांकन सकिए पछि मात्रै यो कुराको निर्णय लिइने कुरा तय भएको छ |
यो फिल्म २८ अप्रिल २०१७ बाट प्रदर्शनमा आउने छ | पछिल्लो फिल्म “बहुबाली” ६ वटा भाषामा प्रदर्शन गरिएको थियो र दर्शहरुले अधिक मन समेत पराएका थिए | फिल्मले बाक्स अफिसमा त्यो बेलामा गत बर्ष तहल्का नै मच्चाएको थियो | अबको फिल्म कस्तो हुने र दर्शकहरुले कस्तो प्रतिक्रिया दिनु हुनेछ भन्ने बारे जान्नको लागि भने सबैले फिल्मको प्रदर्शन मिति पर्खिनै पर्ने हुन्छ |
हेर्नुस भिडियो :

Leave a Reply

%d bloggers like this: