Sat. May 18th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतले प्रगति नगर्ने भयो यसको कुनै स्थर छैन भन्ने व्यक्तिहरुको मुखमा अब ताला लागेको छ | अहिले नेपाली गीत संगीतले नया मोड लिइरहेको अवस्था छ | अब एक पछि अर्को नया र पृथक प्रस्तुतिको आगमन हाम्रो यस क्षेत्रमा हुन थालेको छ | राम्रो गर्ने र निकै कम समयमा दर्शकहरुको मन जित्ने कलाकारहरुको सुची पनि हामी माझ रहेको छ | आफ्नो उत्कृष्ट रचनाबाट यहि सुचिमा आफ्नो नामलाई राख्न सफल भएका छन् रचनाकार अन्जन किराती | उनको अहिलेको बसाई नेपाल बाहिर रहेको छ तर उनि नेपाली गीत संगीत क्षेत्रमा निकै सक्रिय रहेका छन् | मनको इच्छा र चाहना भयो भने जहाँ रहे पनि गर्न सकिन्छ भन्ने कुराको उनि एक उदहारण बन्न सफल भएका छन् |
anjan-kirati
उनको अहिले सार्वजनिक “एउटा सत्य” गीतले राम्रो चर्चा कमाईरहेको छ | उनको सुन्दर शब्द रचनामा गायक भिसन मुकारुङ्ग ले सुमधुर स्वर र संगीत भरेका छन् | उक्त गीतको म्युजिक भिडियो पनि अत्ति नै आकर्षक बनेको छ | वर्षा राउत र प्रकाशको अभिनय रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् | अहिले युटुबमा उनको यस गीतले धेरै दर्शकहरुको साथ पाएको छ | उनको पछिल्लो पटक सार्वजनिक “पुर्णिमाको जुन जस्तो” बोलको गीतले पनि दर्शकहरु माझ निकै राम्रो स्थान बनाउन सफल भएको थियो | उनि अहिले युवा पुस्तामा लाइमलाइटको रुपमा स्थापित भैरहेका छन् | उनले अब यो भन्दा पनि निकै राम्रो आफ्नो नया प्रस्तुतिहरु चाडै नै दर्शकहरु माझ राख्ने जमर्को गरेको कुरा समेत खुलासा गरेका छन् |
anjan-kirati
रचनाकार अन्जन किरातीको सार्वजनिक यस गीत उनको एल्बम “एउटा सत्य” बाट साभार गरिएको हो | संगर्षको बाटो पछ्याउदै नेपाल देखि टाढा बिदेशी भूमिमा आफ्नो पसिना बगाउन पुगेका उनले आफ्नो जिन्दगीको दुख र पीडाको मिश्रणलाई आफ्नो शब्द रचनामा निकै लोब्लाग्दो तरिकाले ढालेका छन् | सानै देखिको नेपाली गीत संगीतको इच्छा र चाहनालाई अहिले आएर उनले एउटा सहि आकार दिन सफल भएका छन् | मान्छेको जीवनमा घटेको घटना क्रमलाई उनले सत्यताको आधारमा यस गीतमा निकै राम्रो तरिकाले विश्लेषण गरेका छन् |
anjan-kirati
उनले सधै नेपाली गीत संगीतलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको र आफु यो कुराबाट कहिले पनि पछि नहट्ने प्रतिबद्धता जाहेर गरेका छन् | आफ्नो कमि कमिकमजोरीहरुलाई औल्याएर सल्लहा सुझाब दिएर अगाडी बढ्न हौसला प्रदान गरिदिनुहुन उनले सम्पूर्ण दर्शक सम्क्ष बिन्ति बिसाएका छन् | त्यसै गरि उनले हामी जहाँ भए पनि पहिले हामी नेपाली रहेको त्यसैले सधै नेपाली गीत संगीतलाई माया र सम्मान गरिदिनुहुन सम्पूर्ण देश बिदेशमा रहेका नेपाली दर्शकहरुलाई हृदयबाट आग्रह समेत गरेका छन् |
anjan-kirati
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: