Sun. May 19th, 2024

मनोरंजनसंसार डटकम
मध्य प्रदेशको इंदौर सहर स्थित सडकमा बलिउड नायिका कट्रिना क्याफ र नायक सिद्धार्थ मलहोत्रा मुनवाक गर्दै त्यहाँका ट्राफिक पुलिस अफिसर रणजीत सिंहको साथमा “काला चश्मा” बोलको गीतमा डान्स गर्दै गरेको देखिएका छन् | खासमा उनि हरु आफ्नो आउदो फिल्म “बार-बार देखो” को प्रोमोशनको लागि त्यहाँ पुगेका थिए | दुवै कलाकार हाईकोर्ट चौराहामा पुगे जहाँ ट्राफिक पुलिस अफिसर रणजीत सिंह तैनाथ थिए | रणजीत एक यस्तो जवान हुन् जो डान्स स्टेप बाट ट्राफिक कन्ट्रोल गर्नेमा चर्चामा रहेका छन् |
इंदौर पुगेका कटरीना र सिद्धार्थले रणजीतसंग डान्स गर्दै ट्राफिक कन्ट्रोलको लागि गरिने डान्स स्टेप समेत उनि बाट सिकेका छन् | त्यस्तै यहि मौकामा त्यहाँ उपस्थित कटरीना र सिद्धार्थको फ्यानहरुले समेत उनीहरु संगै डान्स गरे |

Leave a Reply

%d bloggers like this: