Mon. May 6th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा अहिले धेरै नया प्रतिभाहरुको आगमनको क्रम बढ्दो अवस्थामा रहेको छ | यसै बीच आफ्नो नया प्रस्तुतिको साथमा गीतकार सुमन योञ्जन दर्शकहरु माझ उपस्थित भएका छन् | उनको नया गीत “हामी संग संगै हिंड्दै” बोलको गीत भर्खरै मात्र सार्वजनिक गरिएको छ | सार्वजनिक गीत उनको संगीत नामक एल्बममा समाबेश गीत हो | निकै राम्रो रचना कोर्न माहिर रहेका उनि यसपाली पृथक र फरक प्रस्तुतिको साथमा दर्शक माझ आएका छन् | अहिलेको ब्यस्त गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको गीतमा संगीतकार तारा प्रकाश लिम्बुले सुन्दर कम्पोजको साथमा मिठो संगीत भरेका छन् | उनको यस गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ जसमा पौल शाह र बिपना थापाले अभिनय गरेका छन् भने अर्जुन अधिकारीको निर्देशन रहेको छ | गीतलाई शाहस शाक्यले अरेन्ज गरेका छन् | गीतलाई स्टारलाइट इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो |
tara-parkash-limbu
सार्वजनिक गीत निकै उत्कृष्ट बनेको छ | गीतकार सुमन योञ्जन सुन्दर रचनालाई संगीतकार तारा प्रकाश लिम्बुले निकै राम्रो संगीत दिएका छन् जसको कारण गीत अति सुमधुर बन्न पुगेको छ | तारा प्रकाश लिम्बु अहिलेको चर्चित संगीतकार मध्य एक हुन् | उनले गरेका थुप्रै गीतहरु दर्शकहरुको मनमा कहिले नमेटिने छाप बनेर बसेको छ | भर्करै मात्र प्रदर्शनमा आएको चलचित्र “वीर विक्रम” मा समाबेश उनको स्वर संगीतको “सारे सारे” र “नजिक हुदैछु” बोलको गीत सर्भादिक लोकप्रिय रहयो | चलचित्र संगै उक्त गीत समेत सुपरहिट बन्यो |
tara-parkash-limbu
उनको यस किसिमको प्रस्तुतिले नेपाली गीत संगीतको स्थर निकै माथि सम्म लैजान मदत पुराउदै छ | उनि बहुमुखी प्रतिभाको धनि समेत हुन् | निकै लामो समयको यस क्षत्रको मेहेनत साधना र लगाव पश्च्यात उनि अहिले नेपाली दर्शकहरुको मनमा बस्न सफल भएका छन् | उनि आफु निरन्तर रुपमा यस क्षत्रमा अग्रसर रहने र दर्शकहरुलाई नया र उत्कृष्ट कुरा प्रस्तुत गर्ने प्रयास गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: