Mon. May 20th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र प्राविधिक संघको समिप्येमा हरेक बर्ष हुदै आइरहेको ‘नेफ्टा फिल्म अवार्ड’ को नवौं संस्करण घोषणा गरिएको छ | पछिल्लो तीन बर्ष विदेशमा सम्पन्न भएको अवार्ड यो पटक पनि विदेशी भुमिमा नै हुने पक्का भएको छ ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बीच यसपालीको ‘नेफ्टा फिल्म अवार्ड’ युएईको दुबईमा हुने जानकारी गराइएको छ | अन्नपुर्ण होटेलमा आयोजित कार्यक्रममा नेफ्टा बर्तमान अध्यक्ष पुष्कर लामा र दुबईको लागी मध्यस्तकर्ता बनेका स्पेक्ट्रम एड्भरटाईजिङ एण्ड मिडिया कन्सल्टेन्टका तर्फबाट राजकुमार भट्टराईले कार्यक्रमको बारेमा अधिकतम कुराहरु स्पस्ट पार्नु भएको थियो | दुबईमा अवार्ड व्यवस्थापनको काम भने कन्सेप्ट भिजन फिल्म प्रोडक्शन तथा वितरण कम्पनिले गर्नेछ ।
nefta award
यहि आउँदो डिसेम्बर २३ अर्थात पौष ८ मा हुने अवार्डको लागी चुनिएका जुरीहरुले छनोटको लागि फिल्म हेर्ने क्रम सुरु गरिसकेको कुरा पनि कार्यक्रममा खुलासा गरिएको छ | तर जुरी सदस्यमा को को व्यक्तिहरु सहभागी छन् भन्ने कुरा भने खुलाइएको छैन |
विगतका बर्षमा ३४ विधामा हुँदै आएको अवार्डमा यो पटकदेखी विधामा कटौती गर्दै २८ विधामा झारिएको छ | यो पटक केहि प्राविधिक विधा थप गरिएको कुरा बताइएपनि कुन विधा थप गरियो र कुन विधा हटाइयो भन्ने कुरा भने कार्यक्रममा खुलासा गरिएन |
दुबई हुन गईरहेको यस अवार्ड कार्यक्रममा सय भन्दा बढी कलाकार त्यस तर्फ प्रस्थान गर्ने कुरा जानकारीमा आएको छ |

Leave a Reply

%d bloggers like this: