Thu. May 9th, 2024

मनोरंजनसंसार डटकम
भाद्र १७ गतेबाट देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन सुरु गरेको चलचित्र “बृन्दावन” ले निकै नै राम्रो सुरुवात गरेको छ | रुद्राक्ष फिल्म्सको ब्यानरको प्रस्तुति रहेको चलचित्र “बृन्दावन” को निर्माता रुद्र खनाल हुन् भने निर्देशन राज बहादुर सानेले गरेका छन् | चलचित्रले प्रदर्शनको ३ दिनमा नै ५० लाख भन्दा बढीको व्यापार गरिसकेको छ | तीजको अवसर पारेर यो हफ्ता ३ चलचित्र प्रदर्शनमा आएको थियो | तर ३ चलचित्र मध्ये रुद्र खनालको “बृन्दावन” ले भने जादु चलाएको छ | नारी प्रदान चलचित्र रहेको र नेपाली समाजको बिषय बस्तुलाई निकै सहज र सरल रुपले प्रस्तुत गरिएको हुनाले पनि चलचित्र “बृन्दावन” अरु भन्दा अलिक पृथक रहेको पाइएको छ | चलचित्रले आजको दिन सम्म सबैतिर अधिकांश हलमा हाउसफुल शो गरेको छ | नेपाली दर्शकहरु चलचित्र हेर्न गाउ देखि समेत उर्लेर आए | चलचित्रले प्रोमोशनको क्रममा प्रचार प्रसार समेत निकै तिब्र पारेको थियो | चलचित्र हेरेर फर्केका दर्शकहरुले समेत चलचित्र निकै राम्रो रहेको प्रतिक्रिया दिएका छन् | त्यस्तै अधिकांश हल ब्यवासाईहरुले समेत अरु २ चलचित्र “ब्रासलेट” र “लालजोडी” को तुलनामा चलचित्र “बृन्दावन” ले अलि माथिको व्यापार गरेको कुरा जानकारी दिएका छन् |
brindawan
brindawan
brindawan
चलचित्रमा शिल्पा पोखरेल , किशोर खतिवडा , दिपेन्द्र जीसी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | त्यसै गरि चलचित्रमा बादरको पनि मुख्य भूमिका रहेको छ जसलाई हाम्रो छिमेकी देश भारतबाट लिएर आइएको थियो | चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने कुरामा आफु बिस्वस्त रहेको कुरा निर्माता रुद्र खनालले उल्लेख गरेका छन् |
brindawan
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: