Mon. May 6th, 2024

मनोरंजन संसार डटकम
बाशुलीङ्ग फिल्म्स र गोल्डेन हिल्स प्रा.लि को प्रस्तुति रहेको चलचित्र “लप्पन छप्पन” ले आफ्नो प्रदर्शन मिति तोकेको छ | चलचित्रको प्रदर्शन मिति माघ २१ गतेको लागि पक्का गरिएको छ | चलचित्रका निर्माता डम्बर बहादुर चन्द हुन् भने लेखन तथा निर्देशन मुकुन्द भट्टको रहेको छ | चलचित्रमा दयाहाङ्ग राई , अर्पण थापा , सौगात मल्ल , वर्षा शिवाकोटी , देवु श्रेष्ठ , श्याम श्रेष्ठ , सुन्दर श्रेष्ठ , प्रकाश जंग शाह , सिड खरेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ भने नृत्य निर्देशन राजेन्द्र मान राजबाहकले गरेका छन् | त्यस्तै चलचित्रका सह-निर्माता इन्द्र प्रसाद खरेल रहेका छन् | चलचित्रलाई पुरुशोत्तोम प्रधानले छायांकन गरेका छन् भने चन्द्र पन्तले द्वन्द निर्देशन गरेका छन् | चलचित्रमा दिपक आर.जे ले आफ्नो सुमधुर संगीत भरेका छन् | सहदेव गौतम चलचित्रका कार्यकारी रहेका छन् | चलचित्रमा प्रवेश पौडेलको स्क्रीनप्ले रहेको छ |
lappan-chappan
lappan-chappan
lappan-chappan
चलचित्र निकै नै राम्रो बनेको र दर्शकहरुको मन जित्ने विश्वास निर्देशक मुकुन्द भट्टले ब्यक्त गर्नुभएको छ | चलचित्रको आधा भन्दा बढी छायांकन युरोपको विभिन्न ठाउमा गरिएको छ | चलचित्र पूर्ण रुपमा कमर्सिअल सस्पेन्स थ्रिलर जेनेरमा निर्माण गरिएको निर्माण टिमले जानकारी दिएको छ | अहिले चलचित्रले आफ्नो छायांकनको सम्पूर्ण काम सकेर सम्पादन कक्षमा रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: