Sun. May 19th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली चलचित्र क्षत्रमा अवार्ड प्रदान गर्ने कार्यक्रमको लहर नै चलिरहेको छ | यसै बीच सिनेमा सर्कल नेपाल र दि दिनेश डिसी प्रोडक्शनको संयुक्त आयोजनामा फेरी अर्को अवार्ड समारोह हुने भएको छ | आइतबार एक कार्यक्रम बीच निर्माता निर्देशक दिनेश डिसीले यस अवार्ड को घोषणा गरे जसको नाम रहेको छ ‘एलजी फिल्म अवार्ड’ |
अहिले सम्म नेपालमा हुदै आइरहेको अवार्ड भन्दा निकै नै फरक यो अवार्ड कार्यक्रम हुने कुरा जानकारीमा आएको छ | यस कार्यक्रममा सधै समेट्दै आइरहेको विधा भन्दा अलि फरक विधालाई समेटेर अवार्ड प्रदान गरिने कुरा दिनेश डिसीले बताउनु भएको छ | नेपाली चलचित्र क्षत्रमा राम्रो काम गरेर पनि पुरस्कार, सम्मान तथा प्रोत्साहन नपाएका स्टन्टम्यान, पोस्टर डिजानर, ट्रेलर मेकर लगायतका २२ विधामा अवार्ड प्रदान हुने कार्यक्रममा जानकारी गराइएको छ |
यो अवार्ड समारोह भाद्र २२ गते हुने सम्बन्धित निकायले उल्लेख गरेको छ | यस्तै यस अवार्ड समारोहमा प्रमुख अतिथिको रुपमा वलिउड अभिनेता तथा एमएलए शत्रुघन सिन्हा आउनु हुने कुरा समेत जानकारी गराइएको छ |

Leave a Reply

%d bloggers like this: