Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र “वृन्दावन” मा अभिनय गरेकी शिल्पा पोखरेलले सर्वसाधारण दर्शकलाई दर खुवाउने भएकी छिन् । चलचित्रको प्रचार प्रशारलाई गति दिने उद्देश्यले “वृन्दावन” युनिटले १३ भदौमा भृकुटी मण्डपमा तीज विषेश कार्यक्रम गर्नेभएको छ ।
उक्त कार्यक्रममा चलचित्रकी नायिका शिल्पा पोखरेल लगायत अन्य गायक गायिका पनि सहभागी हुनेभएका छन् । शोभा त्रिपाठी, मुना थापा मगर, सिन्धु मल्ल, जुना प्रशाई लगायतका कलाकार जम्मा भएर तीज गीत गाउनुको साथै दर खुवाउने कार्यक्रम रहेको निर्माता रुद्र खनालले बताए ।
रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र “वृन्दावन” १७ भदौ देखि मुलुकभर प्रदर्शनमा आउने भएको छ । यस चलचित्रका लेखक निर्देशन राजबहादुर साने हुन् । चलचित्रमा किशोर खतिवडा, शिल्पा पोखरेललगायतको मुख्य भुमिका छ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: