Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बलिउड अभिनेता सलमान खानले आफ्नो नयाँ चलचित्र ‘ट्यूबलाइट’ को पहिलो चरणको छायांकन पुरा गरेका छन । लद्दाखमा उनले चलचित्रको पहिलो चरणको छायांकन सकेका हुन् । कविर खानले यो चलचित्रको निर्देशन गरिरहेका छन् ।
चलचित्रको छायांकनका क्रममा नायक खानले तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेका छन् । दलाई लामासँगको भेटमा सलमानसँगै उनकी प्रेमिका लुलिया वन्तुर पनि सहभागी थिइन् ।
दलाई लामा र सलमान विचको छलफलमा के कुरा भएको थियो भन्ने खुलेको छैन । तर, छायांकन सेटमा समेत प्रेमिका लिएर पुग्ने सलमानले लामासँगको भेटमा पनि उनलाई साथ लगेका थिए ।
भारतीय मिडियाको दाबीलाई मान्ने हो भने, सलमान र लुलिया लद्दाखमा एउटै कोठामा बसेनन् । यी दुइले फरक कोठामा बस्ने निर्णय गरेका थिए । यो चलचित्र आगामी बर्षको इदमा रिलिज हुनेछ ।

Leave a Reply

%d bloggers like this: