Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
भदौ ३१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गाँठो’ को निर्माणपक्षले चलचित्र प्रचारका लागि विभिन्न उपाय अपनाइरहेको छ । चलचित्रको तर्फबाट आयोजना गर्न लागिएको चित्रकला प्रदर्शनीको कार्टुनिस्ट बात्स्यानले उद्घाटन गरेका छन् ।
यस अघि गीतको भिडियो प्रतियोगीताको घोषणा गरिसकेकेा चलचित्रको निर्माणपक्षले विद्यालय, कलेज र खुल्ल्ाा स्तरमा गरि तीन तह प्रतियोगीता घोषणा गरेको छ ।
कार्यक्रममा बोल्दै चलचित्रका कलाकार नाजिर हुसेनले आफूले चलचित्रमा पात्र अब्जरवेशनका लागि महिनौ दिन खर्चेको बताउँदै पहिले आफूले पेन्टिक हेर्ने गरेको तर अहिले बुझ्न थालेको बताए ।
त्यस्तै निर्देशक सुरज भुषालले चलचित्रको थिम नै पेन्टिङ्ग भएको र आफूले लेखन र निर्देशन गर्दा धेरै फाइन आर्ट कलाकारसँग संगत गरेको र आफूलाई पनि केही गर्न मन लागेकोले यो प्रतियोगीता आयोजना गरेको बताए ।
स्कुल, कलेज र खुला गरि तीन तहमा गर्न थालिएको प्रतियोगीतामा क्रमशः नगद रु. ५००००, ३५,००० र २५,००० रकम विजेताले पाउनेछन् । साथै देशभरबाट जम्मा भएका पेन्टिङ्गहरु मध्ये प्रत्येक विधाबाट दश-दश गरि जम्मा तीसवटा पेन्टिङ्ग आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिनेछ । सबै पेन्टिङ्गहरुको अन्तिम मुल्यांकन दुर्गा बराल ‘वात्स्यायन’ले गर्नेछन् ।
नाजिर हुसेन, नम्रता श्रेष्ठ, अभय बरालको मुख्य भूमिका रहेको यो चलचित्रले अहिले चर्चा पाइरहेको छ । बटवाल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रलाई तिलक क्षेत्री र नृपेन्द्र जोशीले मिलेर बनाएका हुन् ।

Leave a Reply

%d bloggers like this: