Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
bijuli-machine
संभवत नेपालकै पहिलो साइन्स फिक्सन चलचित्र ‘बिजुली मेसिन’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रका निर्देशक नविन अवालले उर्जा संकटका कारण देशले भोग्नुपरेको नियति र आम नेपालीहरुमा देखिएको असहजता र अभावको दैनिकीलाई चलचित्रले कलात्मक ढंगले देखाउने बताए । ‘चलचित्रले नयाँ आविष्कारको निम्ति प्रयासरत साइमन नामक एक विद्यार्थी र अलौकिक क्षमता भएको विज्ञान संकायकै उसको साथी प्रतिकको कथालाई प्रस्तुत गरेको छ,’ निर्देशक अवालले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले युवापुस्ताहरुले नयाँ कथामा चलचित्र निर्माण गरेकोमा खुशी व्यक्त गर्दै यसको विषय आफ्ना लागि नौलो भएको बताए ।
नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य गगन थापाले पछिल्लो समयमा नेपाली चलचित्रमा बदलाव आएको बताउँदै युवाहरुले चुनौतिपूर्ण किसिमले विज्ञानको कथामा चलचित्र बनाएको भन्दै तारिफ गरे । यो कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, फूटबलर विमल घर्ती मगर, धावक सञ्जय पण्डित, सञ्चारकर्मी सिर्जना दुवाल श्रेष्ठ, व्यवसायी प्रसन्ना बस्नेत, समाजसेवी नलिन सेन थापा र विवकेशिल नेपालीबाट पुकार बमलाई सम्मान गरिएको थियो ।
bimal gharti magar
सिलौटी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यो चलचित्रमा रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेको लगानी छ । चलचित्रमा अभिशेक सुवेदी, जीवन अधिकारी, रेलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुषाल, कमलमणी नेपालको अभिनय छ । चलचित्रमा नायक राजेश हमाल विशेष भूमिकामा देखिएका छन् । यो चलचित्र भदौ ३१ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

Leave a Reply

%d bloggers like this: