Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
bir-bikram
अहिले चारैतिर मात्र चलचित्र “वीर विक्रम” को चर्चा परिचर्चा चलिरहदा चलचित्रकी नाईका दिया पुन यति बेला लण्डनबाट काठमाडौँ आइपुगेकी छिन् | उनि त्रिभुवन विमानस्थलमा ल्याण्ड भएपछि चलचित्र निर्माण टिमले उनलाई स्वागत गरेको थियो | त्यो मात्र नभई उनि विमानस्थलमा सबैतिर बाट पत्रकारहरुबाट घेरिन पुगिन | यसरी नेपाली चलचित्रको नाईका विमानस्थलमा नै पत्रकारबाट घेरिएको यो पहिलो पटक हो | अहिले जुन किसिमको चर्चा “वीर विक्रम” को रहेको छ त्यस हिसाबले उनको यस किसिमको स्वागत हुनु स्वाभाविक नै मान्नु पर्छ किन भने चलचित्रमा उनको अभिनयलाई निकै नै अब्बल मानिएको छ | उनि त्रिभुवन विमानस्थलमा ल्याण्ड भएपछि चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्सले नाईका दिया पुनलाई स्वागत गर्दै “वीर विक्रम” को लोगो भएको टिसर्ट लगाईदिएका थिए |
bir-bikram
bir-bikram
चलचित्रकी नाईका दिया पुन लण्डनबाट काठमाडौँ आउन लागेको थाहा भएपछि विमानस्थलमा सम्पूर्ण पत्रकारहरुको भिड लागेको थियो | उनि आउन साथ उनलाई सम्पूर्ण पत्रकारहरुले एकैसाथ घेरेर उनको तस्विर लिन थाले | उनले पत्रकारहरु संग बोल्दै आफु मात्र “वीर विक्रम” को लागि काठमाडौँ आएको र आफुले चलचित्रमा निकै नै मेहेनत गरेर अभिनय गरे जस्तै चलचित्र प्रोमोशनमा पनि निकै मेहेनत गरेर लाग्ने प्रतिब्धता जाहेर गरेकी छिन् | उनले आफ्नो चलचित्र “वीर विक्रम” निकै नै महत्वपुर्ण रहेको र आफुले यस चलचित्रमा आफ्नो अभिनयबाट दर्शकलाई पूर्ण रुपमा न्याय गर्ने प्रयास गरेको कुरा पनि प्रस्ट पारेकी छिन् |
bir-bikram
bir-bikram
bir-bikram
bir-bikram
चलचित्रका निर्देशक तथा निर्माता मिलन चाम्सले चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा नाईका दिया पुनको आगमनले आफुहरुलाई निकै नै खुसि तुल्याउनुको साथै प्रोमोशनको लागि निकै नै जोश जागर थपिदिएको कुरा उल्लेख गरेका छन् | उनले अब नाईकाको आगमन संगै चलचित्रको प्रचारप्रसार निकै नै आक्रामक हुने विश्वास ब्यक्त गरेका छन् | फिल्ममा दिया सँगै दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा र नाजिर हुसैन लिड रोलमा छन् । चलचित्र भाद्र ३ गते बाट देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउदै छ |

Leave a Reply

%d bloggers like this: