Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बलिउडका चर्चित नायक सलमान खानले आफ्नो नयाँ चलचित्र ‘ट्यूबलाइट’को छायांकन प्रारम्भ गरिसकेका छन् । यो चलचित्रलाई कविर खानले निर्देशन गर्दैछन् । आउँदो बर्षको इदमा रिलिज हुनेगरि चलचित्रको छायांकन सुरु गरिएको हो ।
सलमानको यो चलचित्रको छायांकन सुरु भएसँगै यसमा काम गर्न लागेकी नायिकाको चर्चा पनि सुरु भएको छ । यो चलचित्रमा नायिका दीपिका पादुकोणले काम गर्ने चर्चा थियो ।
तर, सबैलाई आश्चर्यमा पार्दै चिनियाँ नायिका छु छुले यो चलचित्रमा काम गर्ने पक्का भएको छ । छु छुले सफल चिनियाँ चलचित्रमा काम गरेकी छिन् । उनले आफ्नो पढाई सकेपछि टेलिभिजन यात्रा थालेकी थिइन् । टेलिभिजनमा सफल भएपछि छु छुले चलचित्रमा पाइला राखेकी हुन् । यो चलचित्रको कथा भारत र चीनविचको भएकाले पनि नायिका चिनियाँ छनोट गरिएको हो ।

Leave a Reply

%d bloggers like this: