Sat. May 18th, 2024

मनोरंजनसंसार डटकम
gaatho
चलचित्र गाँठोले राजधानीमा बाइक र्याली गरेको छ। गाँठो र टिभिएसको सहकार्यमा गरिएको सम्वन्धको गाँठो नाम दिईएको काठमाण्डौं को नक्साल बाट सुरु भएको बाईक र्याली महाराजगञ्ज, गौशाला, तिनकुने, कोटेश्वर, बालकुमारी, सातदोबाटो, कुमारीपाटी, जावलाखेल, नख्खु, कंलकी, टेकु, दरवारमार्ग हुदै, नक्साल गएर टुगिंएको थियो ।
कार्यक्रममा बोल्दै चलचित्रका नायक नाजिंर हुसेनले बाइक र्यालीमा भएको सहभागीताले झन उत्साहीत भएको बताएदै यो चलचित्र मार्फत आफूलाई फरक भुमीकामा पाउने बताए । कार्यक्रममा नम्रता श्रेष्ठ र अभय बरालले समेत मन्तब्य दिएका थिए।
gaatho
बाक्लो रुपमा संचारकर्मी, सिनेकर्मीहरुको उपस्थिीमा करिब ५५ बाईकमा सय जना मानिसले काठमाण्डौं परिक्रमा गरेका थिए। सम्वन्धको बिषयमा बनेको नेपाली कथानक चलचित्र बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र हो। होस्टेल रिर्टन्र्स स्टार नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठ लगायको अभिनय रहेको चलचित्र गा“ठो यस अघि मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले गरेका हुन् ।
र्याली पश्चात भएको कार्यक्रमा बोल्दै चलचित्रका निर्देशक सुरज भुषालले कर्पोरेट क्षेत्रको सहयोगले नेपाली चलचित्रलाई प्रचार प्रसारका लागी गर्ने यस्ता सहयोगले नेपाली सिनेमा उद्योगको विकासका लागी ठूलो योगदान पुर्याउने बताए ।
gaatho
साथै जगदम्वा मोर्टसका मार्केटिग प्रमुख विक्रम पौडेलले नेपाली सिनेकालागी सानो सहयोग गर्न पाउँदा हर्षित भएको भन्दै आगामी दिनहरुमा अझ मिलेर अगाडी बढ्न सकीने बताए।
gaatho
कार्यक्रममा जगदम्वा मोर्टसका तर्फबाट विक्रम पौडेलले सम्बन्धको गाँठो भन्दै मायाको चिनो समेत हस्तानान्तरण गरेका थिए । भाद्र ३१ गते रिलिज डेट तोकीएको चलचित्रका निर्माता तिलक केसी र नृपेन्द्र जोशी हुन् ।

Leave a Reply

%d bloggers like this: