Mon. May 6th, 2024

मनोरंजनसंसार डटकम
दिपावलीको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र “राधा” को पहिलो गीत सार्वजनिक गरिएको छ | “छपक्कै” बोलको गीतमा गाईका मेलिना राई र गाएक किरण गजमेरको अवाज सुन्न सकिन्छ | यस गीतमा शब्द एकनारायण भण्डारीको रहेको छ भने संगीत बसन्त सापकोटाले दिनुभएको छ |
“छपक्कै” बोलको गीतमा जीवन लुइँटेल र संचिता लुइँटेलको अभिनय रहेको छ । यस गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका छन् | योगेश घिमिरेको निर्देशन बन्न लागेको चलचित्र ‘राधा’ आफ्नो लागि उत्कृष्ट चलचित्र बन्ने अभिनेत्री संचिताले बताउदै आएकी छन् । उनले चलचित्रको कथा अत्यन्त राम्रो भएको र यस्तो चलचित्रलाई दर्शकले रुचाउँन बताइन् । जीवन लुइँटेलसंग पहिलो पटक अनस्क्रिन रोमान्स गर्ने मौका पाएकी संचिता पछिल्लो समय चलचित्र गुनगुनको छायाँकनमा व्यस्त छिन् । दिपावलीको छेको पारेर रिलीज हुन लागेको यो चलचित्रको कथा प्रदीप भारद्धाजको हो । चलचित्रका निर्माता बिष्णु मणि दाहाल र शुशिल कार्की हुन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: