Mon. May 6th, 2024

मनोरंजनसंसार डटकम
विराज भट्टको कमब्याकमा आउँदै गरेको प्रतिच्छित फिल्म ‘जय पर्शुराम’को ट्रेलर रिलिज भएको छ । आउने नआउने दोधारका बीच श्रावण २८ लाई रिलिज पक्का गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो ।
सार्वजनिक ट्रेलरमा विराज जवरजस्त एक्शन भूमिकामा छन् । साउथ शैलीको एक्शन समावेश ट्रेलरले दर्शकबाट वाहि पाउने अनुमान छ । फिल्ममा विराजसँगै निशा अधिकारी र रविन तामाङ लिड रोलमा छिन् ।
रोज राणाको निर्माण निर्देशन रहेको फिल्म विराजको कमब्याककै कारण चर्चा छ । त्यसो त फिल्मको यसअघि सार्वजनिक टिजरले नै एक प्रकारको हाईप बनाईसकेको छ । ट्रेलरमा पनि विराजलाई साउथ ईण्डियन शैलीको एक्शन अबतारमा भेट्न सकिन्छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक रोजले नेपाली दर्शकले रोज्ने अनि खोज्ने शैलीमा ‘जय प्रशुराम’ तयार गरेको दाबी गरे । दर्शकको मन जित्नेमा पनि उनी ढुक्क देखिए । कलाकारको मेहनत अनि आफ्नो प्रयासले राम्रो फिल्म बनेको उनको दाबी छ ।
फिल्मलाई सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् । वितरक मानन्धरले फिल्मको रिलिजको बारेमा बाहिरिएका गसिप र प्रचारलाई खण्डन गर्दै फिल्म साउन २८ मै रिलिज हुनेमा विश्वस्त हुन सबैलाई आग्रह गरे ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: