Sun. May 5th, 2024

मनोरंजनसंसार डटकम
रजनिकान्त साउथ फिल्मका सुपरस्टार । उनको नाम लिनासाथ अरु परिचय आवश्यक देखिन्न । उनको क्रेज वलिउडका कुनै सुपरस्टारको भन्दा माथी छ ।
रोचक कुरा के छ भने यो हप्ता अर्थात जुलाई २२ मा रिलिज हुने उनको फिल्म ‘काबाली’ हेर्नको लागी भारतमा धेरै कम्पनिले कर्मचारीलाई सार्वजनिक विदा दिएका छन् ।
रजनिकान्तको फिल्म पहिलो दिन अनि पहिलो शो हेर्नको लागी बैङ्ग्लोर, चेन्नई, गुजरात लगायतका कम्पनिका कर्मचारीहरुले समय माग गर्दै बिदाको लागी गरेको आग्रहलाई दर्जनौं कम्पनिले स्विाकर्दै विदा दिने निर्णय गरे । एडभान्स टिकट विक्री सुरु भईसक्दा पहिलो दिनको टिकम करिब सकिन लागिसकेको बताईन्छ ।
तुलनात्मक रुपमा अन्य फिल्मको भन्दा ‘काबाली’को टिकट दर पनि बढाईएको छ । एडभान्स टिकट ५ सय देखी ६ सयमा विक्री भईरहेको वलिउड अनलाईनहरुले लेखेका छन् ।
यो फिल्ममा जरनिकान्त ग्याङ्गस्टारको भुमिकामा छन् । फिल्मको चर्चा भारत मात्र होईन नेपालसँगै भारतिय फिल्मको मार्केट रहेका धेरै देशमा चुलिँदो छ ।

Leave a Reply

%d bloggers like this: