Sun. May 5th, 2024

मनोरंजनसंसार डटकम
एन् पि फिल्मस् प्रोडक्सन को ब्यानर मा बन्न लागेको चलचित्र ‘दिपज्योती’को शनिबार शुभ मुर्हत गरिएको छ । शनिबार काठमांडौमा आयोजित एक कार्यक्रममा उध्योग राज्य मन्त्री मेघराज नेपाली (निषाद)ले दिप प्रज्वलन गरेर चलचित्र ‘दिपज्योती’को शुभारम्भ गरेका छन् ।
त्रिकोणत्मक प्रेमकथामा आधारित चलचित्र ‘दिपज्योती’ सडक बालबालीकाले पनि देश र समाजका लागी महत्वपुर्ण भुमिका निर्बाह गर्न सक्छन् भन्ने मुख्य बिषय वस्तुलाई आधार गरेर निर्माण गर्न लागिएको चलचित्र हो । जसलाई राजु अर्यालले निर्देशन गर्ने भएका छन् । चलचित्र बिकास बोर्डका सदस्य उत्तम केसीले क्लाप र दिपेन्द्र कोइरालाले नरिवल फुटाएका थिए भने मिरा बाँनिया क्षेत्री खड्काले क्यामराको अन गरेका थिए ।
त्यसै गरी कलाकार प्रमोद दिप ,दिपेन्द्र कोइराला, प्रज्वल गिरी ,कसिस दाहालले मुर्हत सटमा अभिनय मार्फत चलचित्र्लाई शुभ मुहर्त गरेका थिए थिए । चलचित्रको छाँयाकन आउदो हप्तादेखी सुरु हुने भएको छ ।

%d bloggers like this: