Sat. May 18th, 2024

मनोरंजनसंसार डटकम
purano-dhunga
मंसिर १० गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र “पुरानो डुङ्गा” को अहिले चारैतिर निकै चर्चा चलिरहेको छ | २ दिन अगाडी सार्वजनिक गरिएको चलचित्र “पुरानो डुङ्गा” को टिजर युटुबमा भाईरल बन्दै गईरहेको छ | टिजर आउट भएको २ दिनमै झन्डै डेढ लाख भन्दा बढी दर्शकहरुले चलचित्र “पुरानो डुङ्गा” को टिजर हेरिसकेका छन् | युटुबमा अहिले चलचित्र “पुरानो डुङ्गा” को टिजरलाई अत्याधिक मनपराईएको छ | टिजरमा दयाहाङ राई र प्रियंका कार्कीको रोमान्स संगै निकै रमाइलो गीत समावेश गरिएको छ जसलाई कालीप्रसाद बास्कोटाले तयार पारेका हुन् भने गीतमा स्वर पनि उनि आफैले दिएका छन् |
purano-dunga
सिनेमा आर्ट्सको ब्यानरमा माओत्से गुरुङ फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘पुरानो डुङ्गा’ लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् | “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सुपरहिट चलचित्र निर्देशन गरिसकेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्ना २ चलचित्र बाट नेपाली चलचित्र क्षत्रमा र नेपाली सामाजिक सेरोफेरोमा उनले आफ्नो नाम स्थापित गरिसकेका छन् | अहिले नेपाली चलचित्र क्षत्रमा रामबाबुको गुरुङको नाम निकै उच्च स्थानमा रहेको छ | उनका पछिल्ला २ चलचित्र जस्तै यस चलचित्रको पनि अहिले व्यापक चर्चा परिचर्चा चलिरहेको छ | अहिले नेपाली दर्शकहरलाई उनको यस चलचित्रको निकै पर्खाई रहेको छ |
rambabu-gurung
उनले आफुले सधै जस्तै यसपटक पनि नेपाली दर्शकको रोजाइको चलचित्र बनाएको कुरा बताएका छन् | आफ्नो पछिल्ला चलचित्र जस्तै यस चलचित्रलाई पनि धेरै भन्दा धेरै दर्शकहरुले मनपराउने कुरामा आफु आशावादी रहेको कुरा पनि उनले उल्लेख गरेका छन् | चलचित्र निकै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुलाई पूर्ण रुपमा मनोरंजन प्रदान गर्ने कुरामा पनि उनि निकै बिस्वस्त देखिनछन् |
उपेन्द्र सुब्बाको स्क्रिप्ट , शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटाको संगीत रहेको यो चलचित्रका कार्यकारी निर्माता माओत्से गुरुङ, मणीराम पोख्रेल र बाल्मिकी पोख्रेल हुन् । रौनक विक्रम कँडेल, ओम चन्द रौनियार, धनवहादुर गुरुङ र प्रकाश गुरुङ निर्माता रहेको चलचित्रमा अर्जुन कार्की सह-निर्माता छन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ र मेनुका प्रधान मुख्य भूमिकामा छन् । चलचित्रको बजार वितरकको जिम्मा गोविन्द शाहीले लिएका छन् | चलचित्रले ब्यापारिक हिसाबमा पनि निकै राम्रो गर्ने विश्वास उनले ब्यक्त गरेका छन् |
हेर्नुस टिजर :

%d bloggers like this: