Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
purano-dhunga
purano-dhunga
मंसिर १० गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘पुरानो डुङ्गा’ को टिजर सार्वजनिक भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।
purano-dhunga
purano-dhunga
चलचित्रको टिजरमा दया र प्रियंकाको रोचक संवादका साथमा गीत समावेश गरिएको छ । उपेन्द्र सुब्बाको स्क्रिप्ट , शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटाको संगीत रहेको यो चलचित्रका कार्यकारी निर्माता माओत्से गुरुङ, मणीराम पोख्रेल र बाल्मिकी पोख्रेल हुन् । रौनक विक्रम कँडेल, ओम चन्द रौनियार, धनवहादुर गुरुङ र प्रकाश गुरुङ निर्माता रहेको चलचित्रमा अर्जुन कार्की सह-निर्माता छन् ।
purano-dhunga
purano-dhunga
चलचित्र “कबड्डी” र “कबड्डी कबड्डी” निर्देशन गरेर चर्चामा आएका रामबाबुको यो चलचित्र पनि प्रतिक्षामा छ । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले सम्हालेका छन् |
purano-dhunga
हेर्नुस टिजर :

%d bloggers like this: