Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
ekdev-limbu
नेपाली सांगीतिक क्षत्रमा नया कलाकार आउने क्रम निकै तिब्र रहेको छ | यिनै कलाकारहरुको बिचमा एउटा नाम अहिले निकै अगाडी छ त्यो नाम हो एकदेव लिम्बु | उनले पहिलो पटक आफ्नो लिम्बु भाषाको “लुन्ग्वा” बोलको गीतलाई नेपाली भर्सनमा तयार पारेर दर्शक माझ प्रस्तुत गरेका छन् | उनले आफ्नो यहि गीतबाट धेरै दर्शकहरु माझ चर्चा बटुलिरहेका छन् |
ekdev-limbu
उनको यस गीतमा शब्द अन्छुमे नशन र बिक्रम राईको रहेको छ भने संगीत कमल रसाइलीको रहेको छ | यस गीतमा एकदेव लिम्बुले आफ्नो सुमधुर स्वर भरेका छन् | अहिले नेपाली सांगीतिक बजारमा उनको यस गीत संगसंगै उनको सुमधुर स्वरले पनि निकै चर्चा बटुलिरहेको छ | उनको यस गीतको भिडियोमा समिक्षा लिम्बु र आयुष लिम्बुले अभिनय गरेका छन् |
ekdev-limbu
यो गीत पूर्ण रुपमा प्रेमपुर्ण रहेको कुरा पनि गाएक एकदेव लिम्बुले उल्लेख गरेका छन् | आफुले गरेको पहिलो प्रयासलाइ धेरै दर्शकहरुले निकै नै मनपराईदिनु भएकोमा निकै आभार प्रकट गर्न चाहेको कुरा पनि उनले बताएका छन् | दर्शकहरुको यस्तो मायाले आफुलाई धेरै हौसला प्रदान गरेको र अझै राम्रो गर्न उत्साहित गरेको कुरा पनि उनले प्रस्ट परेका छन् |
ekdev-limbu
हेर्नुस गीत :

%d bloggers like this: