Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
namaste-nepal
सम्पुर्ण छायाँकन युरोपमा गरिएको फिल्म ‘नमस्ते नेपाल’ ले आफ्नो प्रदर्शन नेपाल अगाडी युरोपमा गर्ने भएको छ |
बेल्जियमबाट फिल्मका कलाकार तथा निर्माण टिम सदस्य श्याम श्रेष्ठले दिएको जानकारी अनुसार राजु शाह निर्देशित यो फिल्मको बेल्जियमको अन्टरवेरपानमा २५ जुनमा लाग्ने पक्का भएको हो । अंग्रेजी मिति अनुसार नेपाल रिलिज भने जुलाईको १५ तारिखमा हुनेछ ।
namaste-nepal
त्यस्तै जुलाई २७ तारिखमा ‘नमस्ते नेपाल’ को शो जर्मनीको बोखुम शहरमा हुनेछ । उल्लेखित शो हरुमा आफुसँगै युरोपमा उपलब्ध कलाकारहरु समेत सहभागी हुने श्यामले फिल्मीखबरलाई बताए ।
सविन श्रेष्ठ, श्याम श्रेष्ठ, एना, अनुजा प्रधान, म्युजिका खड्का, बोण्ड लगायतको अभिनय रहेको फिल्म द्वारिका उदय प्रोडक्सनको प्रस्तुतीमा तयार भएको हो । फिल्ममा प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानी छ । फिल्मको कथा पनि निर्देशक शाहको नै हो ।
namaste-nepal
नमस्ते नेपालमा दिव्यराज सुवेदीको छायांकन छ भने बसन्त सापकोटा, ओम सुनार र रियाज सिवाकोटीको संगीत छ । चन्द्र पन्तको द्वन्द्व समावेश फिल्ममा राजु शाहसँग गोपाल ढकाल ‘छन्दे’ले पटकथा तथा संवादमा सहकार्य गरेका छन् ।
हेर्नुस ट्रेलर:

%d bloggers like this: