Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
ऋषिराज आचार्य निर्देशित फिल्म “सुन्तीलाई भगाई लग्यो झिल्केले” प्रदर्शनको लागी तयार भएको छ । फिल्मलाई श्रावण २१ मा प्रदर्शनमा ल्याउन लागेको निर्देशक आचार्यले बताए । फिल्मको कथा बस्तु निकै नै राम्रो अनि रमाइलो रहेको जानकारी पनि उनले दिएका छन् |
suntali lai bhailagyo jhilke le
केहि हप्ता पहिले सार्वजनिक गरेको गीतले राम्रै हाईप बनाईरहँदा कमेडी जनराको फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा लिड कलाकार फिचरिङमा छन् । पोस्टर हेर्दै कमेडी लाग्छ ।
आचार्यकै कथा तथा निर्माण रहेको फिल्ममा सुशिल सिटौला, सुशान्त कार्की, शिशिर भण्डारी, सुरजनी केसी, रिजा भुषाल लगायत अभिनयमा छन् । फिल्ममा संगीत अर्जुन पोखरेलको छ । फिल्मले निकै दर्शकहरुको मन जित्ने विश्वास निर्देशक आचार्यले बेक्त गर्नु भएको छ |

%d bloggers like this: