Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
gajalu
यो बर्षको सर्बाधिक बहुप्रतिक्षित चलचित्र ‘गाजलु’को बेलायतको राजधानी लण्डनमा प्रिमियर शो आयोजना गरिएको छ ।चलचित्रको प्रिमियरको लागि निर्माता रोहित अधिकारी, नायिका श्रृष्टी श्रेष्ठ र कलाकार प्रशान्त ताम्राकार बेलायत पुगेका थिए । पछिल्लो समयका स्टार नायक अनमोल केसीको अभिनय रहेको ‘गाजलु’ लण्डनमा दर्शकले मन पराएका छन् ।
gajalu
चलचित्रको प्रिमियर शोबाट पाएको प्रतिक्रियाले आफू अत्यन्त उत्साहित भएको निर्माता अधिकारीले बताए । निर्माता अधिकारीले दर्शकले चलचित्रको कथावस्तु, प्रस्तुती, कलाकारको अभिनयलाई रुचाएका बताउनु भएको छ ।केहि समय अघि बेलायत रहेका अनमोल चलचित्रको प्रचार प्रसारको लागि नेपाल आएका थिए ।चलचित्रमा अनमोल र सृष्टीको अलावा सलोन बस्नेत, गौरव पहारी ,मेनका प्रधान र ऋतिक शाही लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
gajalu-uk
gajalu-uk
gajalu
युवा निर्माता रोहित अधिकारीले निर्माण गर्नु भएको चलचित्र ‘गाजलु’लाई हेमराज बिसीको निर्देशन गरेका हुन् ।जेठ २८ गते बाट प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई अहिले आक्रामक तरिकाले प्रचार प्रसार गरिएको छ ।

%d bloggers like this: