Sun. Apr 28th, 2024

मनोरंजनसंसार डटकम
कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले पुनर्निर्माण गीत सार्वजनिक गरेका छन् ।
डा. भीष्मकुमार भुसालको यो प्रण बोलको गीतमा अभिनय गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । काभ्रेपछि उनीहरुले सिन्धुपाल्चोकमा अभियान सुरु गरेका छन् ।
भिडियोमा धुर्मुस सुन्तलीले घर बनाउन नसकिरहेका वृद्धवृद्धालाई सहयोग गरेको देखाउनुका साथै उनीहरुको अभियानमा बालिकाले खुत्रुके फुटाएर सहयोग गरेको समेत देखाइएको छ ।
स्वरुपराज आचार्य र स्मीता दाहालको स्वर रहेको गीतमा वसन्त सापकोटाको संगीत छ । भिडियो निर्देशन सरोज ओलीले गरेका हुन् ।

%d bloggers like this: