Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
फिल्म ‘झुम्की’ को अडियो गीत सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा सनुप पौडेलको स्वर रहेको छ । ‘सकिएँ’ बोलको गीतमा शब्द संगीतकार बाँस्कोटा र सविन ‘एकतारे’ ले लेखेका हुन् । भदौ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म झुम्कीले केही साता पहिला टिजर सार्वजनिक गरेको थियो ।
rishma-gurung
jhumke
अपिल विष्ट निर्देशित फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, मनोज आरसी, भोलाराज सापकोटा, प्रमोद अग्रहरी, रविन्द्रसिंह बाँनिया, सुस्मिता कार्की, प्रेम बहादुर खड्का र मलिना जोशीको मुख्य भूमिका रहेको छ । पुर्व मिस नेपाल जोशी झुम्की को शिर्ष भूमिकामा प्रस्तुत भएकी छन् । अपिल विष्ट फिल्मस् र सिनेमा आर्टस्को संयुक्त निर्माण रहेको फिल्ममा लेखन रामबाबु गुरुङको रहेको छ ।
अडियो गीत

ट्रेलर

%d bloggers like this: